छेडागाडका नवनिर्वाचित मेयर खड्काले गरे तलव भत्ता नलिने घोषणा


जाजरकोट । जिल्लाको छेडागाड नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख रत्न बहादुर खड्काले राज्य बाट प्राप्त हुने सेवा सुविधा नलिने घोषणा गरेका छन् । आज ( शुक्रबार) पदभार ग्रहण गर्दै खड्काले राज्य बाट प्रदान हुने तलवभत्ता आफुले नलिने घोषणा गरेका हुन् ।

आफुले प्राप्त गर्ने तलव भत्ताबाट कोष स्थापना गरी गरिव,अनाथ पिछडिएका र द्धन्द्धपीडित बालबालिकालाई सहयोग गर्ने बताएका छन् । उनले भने, ‘मैले राज्य बाट प्राप्त हुने सेवा सुविधा नलिई गरिव तथा विपन्न बालबालिकाहरुमा लगानी गर्नेछु, एउटा कोषको स्थापना गरी उनीहरुलाई सहयोग गर्नेछु, म सेवा सुविधा लिन्न ।’

नगरप्रमुख खड्का वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन दल ( नेपाली काँग्रेस) बाट उम्मेदवार बनेका थिए । ९ हजार १ सय ७३ मत ल्याएर खड्का नगर प्रमुुखमा विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर महताराले ५ हजार ५ सय ३७ मत ल्याएर पराजित भएका थिए ।

तपाईको प्रतिक्रिया