नवनिर्वाचित अध्यक्ष सुवेदीद्वारा तलबभत्ता नलिने घोषणा
दैलेख । दैलेखको नौमुले गाउँपालिका नवनिर्वाचित अध्यक्ष छविराम सुवेदीले आफुले प्राप्त गर्ने तलबभत्ता कुनै नलिने घोषणा गरेका छन ।
आफुले प्राप्त गर्ने तलबभत्ताबाट कोष स्थापना गरि गरिब, पिछडिएका र द्वन्द्वपीडित विद्यार्थीहरुलाई सहयोग गर्ने उनले पदभार ग्रहणका क्रममा बताएका हुन । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का प्रदेश कमिटी सदस्य तथा बुद्धिजीवी सगंठनका कर्णाली प्रदेश संयोजक सुवेदी अध्यक्षमा विजयी भएका थिए ।
बौद्धिक नेता सुवेदी भारी मतान्तरले नेपाली कांग्रेसबाट अध्यक्ष पदका प्रत्यासी भदे बुढालाई पराजित गर्दै निर्वाचित भएका हुन ।