
काठमाडौँ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको पोसाक परिवर्तन गरिएको छ। शिक्षा तथा मानवस्रोत विकास केन्द्रले नेपाल शिक्षक महासंघको अनुरोधमा शिक्षक र कर्मचारीको पोसाक परिवर्तन गरिएको जनाएको हो।
नेपाल शिक्षक महासंघको अध्यक्ष कमला तुलाधरले महासंघले समाजिक सञ्जालमै भोटिङ गरेर पोसाक छनोट गरिएको र सोहीअनुसार केन्द्रलाई सिफारिस गरिएको बताइन्। उनले भनिन्, ‘पहिलेको पोसाकका विषयमा पुरुष शिक्षकले असन्तुष्टि जनाएकाले मत सर्वेक्षण गरेर सबैलाई मान्य हुने उपयुक्त पोसाक छनोट गरिएको हो।’
नयाँ शिक्षक र कर्मचारीको सुट (कोट र पेन्ट) र ज्याकेटको रङ गाढा खैरो हुनुपर्ने, सर्टको रङ हल्का निलो हुनुपर्ने, स्विटर कलेजि र जुत्ता कालो हुनुपर्ने केन्द्रले जनाएको छ।
केन्द्रले महिला शिक्षकले लगाउने सारी, ब्लाउज र कुर्तासुरुवालमा परिवर्तन नगरिएको जनाएको छ। पोसाकको नमुना शिक्षक महासंघबाट प्राप्त गर्न सकिने केन्द्रले जनाएको छ।

















































। ६ जेष्ठ २०७९, शुक्रबार