कालीकोटको रास्कोटमा माओवादी केन्द्र विजयी

कालीकोटको रास्कोट नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । नगरप्रमुखमा धर्मराज शाही विजयी भएका हुन् ।

शाहीले ३ हजार ४७ मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का दयाराम सिंम्खडाले २ हजार ११७ मत ल्याएका छन् ।

उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का मनिराज बराल विजयी भए । बरालले २ हजार ८०९ मत तथा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उमा शाहीले एक हजार ३०१ मत ल्याएकी छन् । रास्कोटमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको थियो ।

तपाईको प्रतिक्रिया