टेलिभिजनमा काम गर्ने महिला पत्रकारलाई अनुहार ढाकेर आउन तालिबानको निर्देशन


अफगानिस्तान सरकारले टेलिभिजनमा काम गर्ने महिला पत्रकारलाई अनुहार ढाकेर आउन आदेश दिएको छ । महिलाका लागि सहज हुने बताएको तालिबान सरकारले टेलिभिजनमा काम गर्ने महिला पत्रकारका लागि नयाँ नियम लागू गरेको हो । यो नियम तत्काल लागू गर्न पनि तालिबान सरकारले निर्देशन दिएको छ ।

अफगानिस्तानमा महिला अधिकारको हकमा बोल्ने अधिकारकर्मीहरूले भने तालिबान सरकारको यस निर्देशनको विरोध गरेका छन् । तालिबान सरकारले महिलाहरूलाई सार्वजनिक स्थानमा पूरै शरीर ढाकेर निस्कन पनि निर्देशन दिएको छ ।

साथै निम्न माध्यमिक तहमा पढ्ने छात्राहरूलाई विद्यालय जान रोक लगाइएको छ भने आफ्ना दाजुभाई वा बुबाको बिहान बाहिर निस्कन पनि बन्देज गरिएको छ ।

तपाईको प्रतिक्रिया