मतगणना नसकिएका स्थानीय तह प्रतिनिधिविहीन

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल आज सकिँदैछ । विस २०७४ सालको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आज सकिन लागेको हो । ७५३ वटा स्थानीय तहमा गरी ३५ हजार २२१ जना जनप्रतिनिधि छन् ।

२०७४ मा स्थानीय निर्वाचन तीन चरणमा भए पनि सबै प्रतिनिधिको आजै कार्यकाल सकिन लागेको हो । बहालवाला जनप्रतिनिधिको पदावधि आज सकिने भएपछि स्थानीय तहको काम कारवाहीमा अवरोध हुने देखिएको छ। नयाँ जनप्रतिनिधिको आजैबाट कार्यकाल सुरु हुँदैछ ।

तर, अधिकांश स्थानमा मतगणनाको काम सम्पन्न हुन सकेको छैन् । महानगर र उपमहानगरको मतगणनाको काम निकै सुस्त गतिमा भैरहेको छ । मतगणना नसकिएका पालिकाहरु भने गणना नसकिएसम्म जनप्रतिनिधिविहीन हुने भएका छन् ।

तपाईको प्रतिक्रिया