
जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका वीरबहादुर गिरी निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका निवर्तमान गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहलाई १०९ मतले पराजित गर्दै गिरी अध्यक्षमा विजयी भएका हुन् ।
गिरीले ३ हजार ९ सय ५४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका महेन्द्रबहादुर शाहले ३ हजार ८ सय ४५ मत प्राप्त गरेका छन् ।
यस्तै, उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मेदवार नरबहादुर गिरी निर्वाचित भएका छन् ।
गिरीले ३ हजार ६ सय ६३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी गिता सिंहले ३ हजार ४ सय ०१ मत प्राप्त गरेकी छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट महेन्द्रबहादुर शाह निर्वाचित भएका थिए ।
बारेकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस वीच चुनावी गठबन्धन भएको थियो नेकपा एमालेले एक्लै निर्वाचनमा होम्मिएको थियो । अध्यक्षमा निर्वाचित गिरी प्रेस चौतारी नेपालका पूर्व केन्द्रिय उपाध्यक्ष समेत थिए ।
















































। ४ जेष्ठ २०७९, बुधबार