जाजरकोटको शिवालयमा गठबन्धन विजयी,अध्यक्षमा शेरबहादुर शाही निर्वाचित


जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका अध्यक्षका उम्मेदावर शेरबहादुर शाही र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका गीता कुमारी शाही निर्वाचित भएका छन् ।

मतगणनाको अन्तिम परिणाम अनुसार नेपाली काँग्रेसका शाहीले ३ हजार ३ सय ३ मत ल्याई रहँदा नेकपा(एमाले)का रंगनाथ योगीले २ हजार ७ सय १८ मत ल्याएका छन् । उनीहरुबीच ५ सय ८५ को मतान्तर रहेको शिवालय निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी उपप्रमुखमा सत्ता गठबन्धन दलका तर्फबाट नेकपा माओवादी केन्द्रका गीता शाहीले एमालेकी नैनसरा शाहीलाई २ सय ४० मतको फराकिलो अन्तरले उछिनेकी छन् । माओवादी केन्द्रका शाहीले २ हजार ६ सय ५९ मत ल्याउँदा एमालेकी नैनसरा शाहीले २ हजार ४ सय २९ मत मात्रै प्राप्त गरेकी हुन् ।

तपाईको प्रतिक्रिया