कुशेमा नेपाली काँग्रेसको अग्रता कायमै, समाजवादी पछ्याउँदै

जाजरकोट । जिल्लाको कुशे गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । ८५९४ मत खसेकोमा ७५६८ मत गणना हुदाँ गठबन्धन उम्मेदवारलाई पछी पार्दै नेपाली काँग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार हरिचन्द्र बस्नेतले २७६३ मत प्राप्त गरेर अग्रता लिएका छन् ।

उनका निकटतम् प्रतिद्धन्दी गठबन्धनका उम्मेदवार तप्त बहादुर हमालले २७३३ मत प्राप्त गरेर काँग्रेसलाई पछ्याइरहेका छन् ।
यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार देविका कुमारी सिंहले २९४४ मत प्राप्त गरेर आफ्नो अग्रता कायम राखेका छन् । भने गठबन्धन तर्फका माओवादी केन्द्रका बिकास रोकायले २४७३ मत प्राप्त गरेका छन् ।

हाल कुशे गाउँपालिका वडा नं ५ को मत गणना भैरहेको छ । यसपछि मत गणना हुन बाँकी एक वडा मात्र रहेको छ ।

तपाईको प्रतिक्रिया