
नलगाड । जिल्लाको नलगाड नगरपालिका ११ मा वडाध्यक्षका स्वतन्त्र उम्मेदवार लालबहादुर बाँनिया निर्वाचित भएका छन् । उनले ३१४ मत प्राप्त गरी निर्वाचित बनेका हुन् ।
उनको निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कमल मल्लले ३०४ मत प्राप्त गरेका थिए । नलगाड नगरपालिका ११ बाट गठबन्धन ( माओवादी केन्द्र) का उम्मेदवार डम्बरबहादुर रावतले ३६६ मत प्राप्त गरेका छन् भने नेकपा एमाले बाट नगर प्रमुखका उम्मेदवार धर्मबहादुर शाहीले १८५ मत प्राप्त गरेका छन्् ।
यस्तै, उप प्रमुखमा गठबन्धन ( काँग्रेस) सरिता सिंहले ३११ मत प्राप्त गरेकी छन् भने नेकपा एमाले बाट उममेयरका उम्मेदवार सुनिता बोहराले २०२ मत प्राप्त गरेकी छन् ।
















































। १ जेष्ठ २०७९, आईतवार