
बारेकोट । जिल्लाको बारेकोट गाउँपालिका वडा नं ८ मा १० मतले पछि पार्दै नेपाली काँग्रेसका योगेन्द्र सिंह वडाध्यक्षमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार दिलबहादुर नेपालीलाई १० मतले पराजित गरेका छन् ।
निर्वाचित सिंहले ५२६ मत प्राप्त गरेका थिए भने नेपालीले ५१६ मत ल्याए । वडा सदस्य, दलित महिला सदस्य, महिला सदस्यमा भने नेकपा एमालेले जितेको छ ।
प्राप्त जानकारी अनुसार वडा ८ बाट गाउँपालिका अध्यक्षका उम्मेदवार गठबन्धनका महेन्द्र शाहले ९७५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका वीरबहादुर गिरीले ७२६ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा गठबन्धनका नरबहादुर गिरी ( निशान ) ले ७६६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका गिता सिंहले ७९८ मत प्राप्त गरेकी छन् । बारेकोटमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस वीच गठबन्धन छ भने एमाले एक्लै छ ।
















































। १ जेष्ठ २०७९, आईतवार