![]()
जाजरकोट । जिल्लाको भेरी नगरपालिका १३ मा गठबन्धनको प्यानल विजयी भएको छ । नेपाली काँग्रेसका बाट गठबन्धनका साझा उम्मेदवार यज्ञ बटालाले ६०७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धद्धी नेकपा एमालेका दीपेन्द्र राज गिरीले ४९० मत प्राप्त गरेका छन् ।
सदस्यमा काली खत्री नेपाली काङ्ग्रेस, सदस्य खीम बहादुर बस्नेत (माओवादी केन्द्र ), सदस्य सुशीला सुनार (माओवादी केन्द्र ), सदस्य निरज आचार्य (एकीकृत समाजवादी ) बाट निर्वाचित भएका छन् । सोही वडा बाट नेकपा एमालेका नगरप्रमुखका उम्मेदवार चन्द्रप्रकाश घर्तीले ५०५ मत प्राप्त गरेका छन् । गठबन्धन बाट नगर प्रमुखका उम्मेदवार गगनबहादुर खड्काले ४०५ मत प्राप्त गरेका छन् ।
उप प्रमुखमा गठबन्धनकी सिता जैशीले ५३२ मत प्राप्त गरेकी छन् भने एमाले बाट उप प्रमुखकी उम्मेदवारी सावित्री चन्दले ५२३ मत प्राप्त गरेकी छन् । एकीकृत समाजवादी बाट नगर प्रमुखका उम्मेदवार कमान बहादुर खड्काले १३१ मत प्राप्त गरेका छन् ।
नगर प्रमुखका स्वतन्त्र उम्मेदवार दिपेन्द्र शाहीले ५ मत प्राप्त गरेका छन् भने राप्रपाका दिपक खनालले शुन्य मत प्राप्त गरेका छन् ।
















































। ३१ बैशाख २०७९, शनिबार