छेडागाडमा गठबन्धनको अग्रता

जाजरकोट । जिल्लाको छेडागाड नगरपालिकामा पहिलो र दोस्रो चरणको मत गणना गर्दा गठबन्धनको अग्रता रहेको छ । गठबन्धन बाट नगरप्रमुखका उम्मेदवार रत्न बहादुर खड्काले पहिलो चरणमा ११७ र दास्रो चरणमा ११८ मत प्राप्त गरेका छन् । यस्तै उप प्रमुखका उम्मेदवार चन्द्र बहादुर थापा(अपिल) ले पहिलो चरणमा ९७ र दोस्रो चरणमा १५३ मत प्राप्त गरेका छन् ।

यस्तै नेकपा एमाले बाट नगरप्रमुखका उम्मेदवार लाल बहादुर महताराले पहिलो चरणमा ५० र दोस्रो चरणमा ७३ मत प्राप्त गरेका छन् । उप प्रमुखकी उम्मेदवार अन्जु थापाले पहिलो चरणमा ४६ र दास्रो चरणमा ८१ मत प्राप्त गरेकी छन् ।

तपाईको प्रतिक्रिया