कुशे १ मा कांग्रेसका नरबहादुर सिंह सहितको प्यानल विजयी

जाजरकोट । जिल्लाको कुशे गाउँपालिका वडा नम्बर–१ मा नेपाली कांग्रेसका सबै उम्मेदवारले जित हासिल गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार नर बहादुर सिंह सहितको प्यानल विजयी भएको हो ।

शुक्रबार सम्पन्न स्थानीय निर्वाचनको शनिबार सकिएको मतगणनाअनुसार ३ सय ५२ मत ल्याएर सिंह वडाअध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका अमर चलाउनेले २ सय २ सय ७५ मत, सत्तारुढ माओवादी केन्द्रका उम्मेदवार नयाँराम जैसीले ५ मत प्राप्त गरेका छन् ।

महिला सदस्य, दलित महिला सदस्य तथा खुला सदस्यमा समेत कांग्रसका उम्मेदवार विजयी भएका छन् । प्राप्त विवरण अनुसार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा समेत नेपाली कांग्रसको अग्रता छ ।

तपाईको प्रतिक्रिया