भोलीदेखि जाजरकोटमा सरकारी सेवा प्रवाह बन्द

No photo description available.
जाजरकोट । मंगलबार (भोली) देखि जिल्लाका सरकारी कार्यालयहरुबाट प्रवाह हुने सेवा प्रवाह बन्द हुने भएका छन् ।

बिभिन्न सरकारी कार्यालयका कर्मचारी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनको लागि खटिएकाले मंगलबार अर्थात वैशाख २७ गते देखि ३० गते सम्म सबै सरकारी कार्यालयहरुबाट अतिआवश्यक सेवा बाहेकका सेवा बन्द हुने छन् ।

सोमबार जिल्ला प्रशासन कार्यालय जाजरकोटले एक सुचना जारी गर्दै सेवा बन्द हुने जनाएको हो । सरकारी कर्मचारीहरुका निर्वाचन बनाउन जिल्लाका बिभिन्न ठाउँमा खटिएका छन् ।

यस्तै निर्वाचनको दिन सवारी आवागमन बन्द हुने भएका छन । स्थानीय तहको निर्वाचनलाई स्वच्छ र शान्त रुपमा बनाउनकै लागि मतदानको दिन सवारी आवागमन बन्द गर्ने भएको निर्णय जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

वैशाख २९ गते राती १२ बजे देखि ३० गते मतदान सम्पन्न नहुँदा सम्म एम्बुलेन्स, दमकल, दुर सन्चार सेवा, अस्पताल सेवा, विद्युत सेवा, सवारी पास लिएका यातायातका साधन र सुरक्षा निकायका सवारी साधन जस्ता अति आवश्यक बाहेका सवै यातायातका साधनहरु बन्द हुने प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए ।

May be an image of text that says 'फोन नपाल सरकार गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय ०5९-४३०१३३ ०5९-४३०१३० Email: jajarkotdao62@gmail.com जाजरकोट vebsite:www.dojajakot.moha.gov.np (स्थानिय प्रशासन तथा शान्ति सुरक्षा शाखा) मिति २०७९ सेवा प्रवाह स्थागन गरिएको सूचना मिति २०७९/०१/३० ०१/३० गते शुक्रवारका दिन स्थानीय तह सदस्य निर्वाचनको मतदान कार्यमा यस जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरु निर्वाचन सम्बन्धि कार्यमा खटिनु पर्ने भएकोले जिल्ला प्रशासन कार्यालय लगायत जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरु मिति २०७९/०१/२७ गते देखि २०७९/०१/३० गते सम्मका लागि स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रशासन गरिएको छ| .......126 राम बहादुर प्रमुख जिल्ला अधिकारीका राम प्रमुख'

तपाईको प्रतिक्रिया