नेता भोट माग्दै बस्तीमा, मतदाता खेतमा ( फोटो फिचर)


बारेकोट । जिल्लाको बारेकोट गाउँपालिकाका किसानहरु खेतवारीमा व्यस्त देखिन्छन् । गहुँ, जौ भित्र्याउने र मकै छर्ने काममा किसानका दिनचर्याहरु वितिरहेका छन् । स्थानीय तहको निर्वाचन आउन अव चार दिन मात्रै बाँकी छ ।
नेता र कार्यकर्ताहरु मतदाता खोज्दै खेततिर जाने समेत गरेका छन् । टोलटोलमा उम्मेदवारहरु मतदाता खोज्दै जाने गरेको भएपनि मतदाताहरुलाई घरघरमा भेट्न निकै गाह्रो भईरहेको एक उम्मेदवार बताए ।

उनले भने, ‘किसानहरु यतिवेला वाली ( गहुँ, जौं ) भित्र्याउने र मकै छर्ने काममा व्यस्त छन्, विहानै उठेर खेततिर गएका मतदाता वेलुका साँझ परेपछि मात्रै घर आउने गरेका छन् ।’ बारेकोट गाउँपालिका २ का रामबहादुर नेपालीको दैनिकी खेतवारीमा वितिरहेको छ ।

मकै लगाउने यो उपयूक्त समय भएकोले किसानलाई कामको चटारो परिरहेको छ । उनले भने, ‘चुनाव पनि आईसकेको छ, हामी काममा व्यस्त छौं, कोही उम्मेदवारहरु खेतमै आउनुहुन्छ, चिन्ह चिनाएर जानुहुन्छ ।’ बारेकोट गाउँपालिकाको रोकायगाउँ, नायकवाडा, सक्ला, रामीडाँडाका अधिकांश वस्तीका किसानहरु खेतवारीमा व्यस्त भईरहेका छन् ।

तपाईको प्रतिक्रिया