जुनीचाँदेको परालेमा अस्थायी प्रहरी पोस्ट


जाजरकोट । जिल्लाको जुनीचाँदे गाउँपालिका वडा नं. ३ परालेमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । आज (बुधबार) एक कार्यक्रमका वीच गाउँपालिकाको प्रशासनिक केन्द्र समेत रहेको परालेमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

सुरक्षा नहुँदा त्रास बनेका स्थानीय प्रहरी पोस्ट स्थापना पछि निकै खुशी भएका छन् । सुरक्षाको अभावमा गाउँपालिकामा अहिले सम्म वैक पुग्न नसक्दा स्थानीय आर्थिक कारोबार गर्न जिल्ला सदरमुकाम आउन बाध्य थिए ।

May be an image of text that says 'नेपाल सरकार गृह मन्त्रालय ०5९-४३०१३३ जिल्ला प्रशासन कार्यालय फोन ०5९-४३०१३० Email: jajarkotdao62@gmail.com जाजरकोट webste:www.daojajarkot.moha.gov.np (स्थानिय प्रशासन तथा शान्ति सुरक्षा शाखा) प.सं. २०७५।७९ च.नं. मिति २०७९।०१।२१ जुनिचादे गाउपालिकाको वडा नं.०३ स्थित गाऊपालिकाको अस्थाई केन्द्रमा प्रहरी चौकी स्थापना भएको सूचना श्री गृह मन्वालयको निर्णय तथा मिति २०७९ बैशाख १९ गतेका दिन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकको समेत निर्णयानुसार मिति २०७९।०१।२१ गते जाजरकोट जिल्ला जुनिचांदे गाऊपालिका वडा नं.०३ को परालेमा पालिकाको प्रशासकीय अस्थायी केन्द्र रहेको स्थानमा प्रहरी चौकी स्थापना भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ A4 0219127 भलक के.सी. प्रशासकीय अधिकृत'

तपाईको प्रतिक्रिया