
जाजरकोट । जिल्लाको भेरी नगरपालिकामा चुनावी तालमेल गरेका नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले घोषणा पत्र सार्वजनिक गरेका छ । नगर भित्र रहेको गरिवी, अशिक्षा, वेरोजगार, भष्ट्राचार अन्त्यलाई घोषणा पत्रमा प्रमुख प्राथमिकता दिईएको छ ।
घोषणापत्रको पूर्णपाठ
“नेपाली जनक्रान्तिको अमूल्य उपहार !
–संघ, प्रदेश र स्थानीय जनसरकार !!”
“दिगो विकास र समृद्ध नगर, सुशासनयुक्त शहर ।” निर्माण हाम्रो अभियान !
गठबन्धनको गोलाआकार भित्रको हशियाँ हथौडा र रुख चिन्हमा मतदान !!
“सुशासन र समृद्धिको सुदृढ आधार !
–स्थानीय तहमा जनताको आफ्नै सरकार !!”
“लोकतान्त्रिक समाजवादको आधार !!
–गाउँ नगरमा गठबन्धन सरकार !!”
गठबन्धनका साँझा उमेरदवार गगन बहादुर खड्का (जीवन) र सिता जैसीको संयुक्त
विशेष अपिल
आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरु,
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन प्रक्रियामा स्थानीय तहको दोस्रो निर्वाचन यही बैशाख ३० गते हुँदैछ । देशको विकास, जनताको आर्थिक समृद्धि र सामाजिक न्यायप्रति उत्तरदायि तथा सत्ता संचालनको बागडोर सम्हालेका राजनीतिक पार्टी र राज्यका जिम्मेवार नागरिकहरुका लागि आवद्यिक निर्वाचन महान् उत्सव र पर्व हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अभ्यासकर्ता स्थानीय तहका जनप्रतिनीधिहरुको अधिकारलाई नविकरण गर्ने माध्यामका रुपमा रहेको स्थानीय तहको निर्वाचन जनता स्वयंममा न्याधीश बनेर अन्तिम फैसला गर्ने जन इजलास पनि हो ।
नेपालको संविधानले गरेको व्यवस्था अनुसार देशमा संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारको अभ्यास भई रहेको छ । तीन तहका सरकार बीचको समन्वय, सहकार्य र सहअस्तित्वलाई प्रवद्र्धन गर्ने विशेष जिम्मेवारीमा स्थानीय सरकार (स्थानीय तह) रहेको छ । नगरपालिकालाई एक भौगोलिक तथा प्रशासनिक एकाईका रुपमा परिभाषित गर्ने गरिएको छ । जनताको घर दैलोमा दैनिक पुगेर सेवा प्रवाह गर्ने जनताको घर नजिकको सरकार भनेकै नगर सरकार हो । जनताको घर नजिकको सरकार (नगरपालिका) ले नयाँ जनादेश प्राप्त गर्न जनताले मतदान गर्न पाउने जन्मसिद्ध अधिकारको प्रयोग गर्नुको साथै जनताको सर्वोच्चतालाई स्थापित गर्ने महत्वपूर्ण माध्याम तथा सुनौलो अबसरका रुपमा यही बैसाख ३० गतेको निर्वाचनलाई लिन आबश्यक छ ।
निर्वाचनको सुनौलो यस अवसरमा सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायका विभिन्न पेशा व्यवसायमा रहनुभएका दिदीबहिनी तथा दाजुभाइहरु र सम्मानित जेष्ठ नागरिकहरुमा हार्दिक अभिवादन व्यक्त गर्दछौं । साथै, निर्वाचनको महाअभियानमा सक्रिय रहँदै उत्साहपूर्वक मतदानमा सहभागी हुन आम जनसमुदायलाई विशेष आग्रह गर्दछौं । यस शुखद अवसरमा नेपालको राजनीतिमा परिवर्तन ल्याउन सफल हाम्रो विगत महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोनमा जीवन उत्सर्ग गर्नुहुने अमर सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछौं । घाइते योद्धाहरुको विशेष योगदानको उच्च कदर गर्दै स्वास्थ्यलाभको कामना गर्दछौं ।
विगत जनयुद्धमा अमूल्य योगदान गर्नुहुने पूर्व जनमुक्ति सेना लगायत हजारौं वीर योद्धाहरु, पूर्णकालीन सबै नेता कार्यकर्ताहरु सहित हजारौं जनसमुदायप्रति उच्च सम्मान व्यक्त गर्दछौं । त्याग, समर्पण र बलिदानबाट खडा भएको व्यवस्थालाई जनताको हितमा सदुपयोग गर्दै नेपाली क्रान्तिका बाँकी कार्यभारलाई पूर्णता दिन महान् सहिदहरुले देखाएको सतमार्गमा अविचल्लित रुपमा लागि रहने प्रतिवद्धता र संकल्प व्यक्त गर्दछौं ।
नेपालको संविधानले गरेको व्यवस्था अनुसार भेरी नगरपालिका एक भौगोलिक तथा प्रशासनिक एकाईका रुपमा २०७३ सालमा स्थापना भएको थियो । २०७४ साल बैसाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत उपलब्धी हासिल गर्न नसकेता पनि हाम्रो पार्टीका तर्फबाट उत्साजनक रुपमा भाग लिएका थियौं । उक्त निर्वाचनका माध्यामबाट नगरबासी आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाई तथा सम्पूर्ण मतदाताहरुले गर्नु भएको फैसलाई हामीले सहर्ष स्वीकार गरेका थियौं ।
न्यायप्रेमी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरु,
नेपालमा संघीय प्रणाली कार्यान्वयनको पहिलो अभ्यास, सत्ता संचालनको प्रथम अनुभव, कानुनी विधि र प्रक्रियामा देखिएको अनविज्ञताले नगरपालिकाको विकास निर्माण, सार्वजनिक सेवा प्रवाह, संघ, प्रदेश र स्थानीय तह बीचको समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तलाई लागु गर्नुको साथै सरकार संचालनमा व्यापक जनसहभागिता जुटाउनुपर्ने दायित्वबाट नगरबासी सन्तुष्ट हुन नसकेको हामीले महसुस गरेका छौं । सामाजिक न्याय प्रवद्र्धन, विकास योजना बाँडफाँड तथा बिनियोजनमा नगर सरकारबाट समानुपातिक, समावेशी र न्यायोचित वितरणको सिद्धान्तलाई लागु हुन नसकेको हामीले महसुस गरेका छौं ।
समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई मजबुत बनाउनुको साथै भेरी नगरपालिकामा “समाजवाद उन्मुख समृद्धिः आर्थिक विकास र सामाजिक न्यायमा अभिवृद्धि !” गर्न यस पटकको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसका तर्फवाट हामी भेरी नगरपालिकाको प्रमुख÷उपप्रमुख पदको उमेरदवार भएका छौं ।
स्थानीय तहको दोस्रो निर्वाचनमा हामीले नगर प्रमुख÷उपप्रमुख पदमा उमेरदवारी दिनु भनेको स्थानीय शासन पद्धतीलाई सदृढीकरण गर्नमा जोड दिएको हुनेछ । नगर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अभ्यासलाई उन्नत बनाउनुमा मद्दत पुगेको हुनेछ । बिकास निर्माण, सार्वजनिक सेवा प्रवाह, सुशासन जस्ता क्षेत्रको विकासलाई नयाँ स्तरमा पु¥याउनुमा केन्द्रित हुनेछ । आगामी कार्यकालको लागि हामी भेरी नगरपालिकाको प्रमुख÷उपप्रमुख पदमा निर्वाचित भएमा हामीले निम्न कामहरु पुरा गर्ने नगरबासी न्यायप्रेमी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा प्रतिवद्धता व्यक्त गर्दछौं ।
हाम्रा प्रतिबद्धताहरु निम्नानुसार रहेका छनः–
संस्थागत सेवा प्रवाह र शुसासनको क्षेत्र ः–
१.नगरपालिकाका मौजुदा ऐन तथा कानुन र आगामी दिनमा जारी गरिने सबै ऐन तथा कानुनहरुलाई नगरबासीलाई सामाजिक न्याय दिन सकिने जनमैत्री बनाईने छ ।
२.सुशासन प्रवद्र्धन गर्न मासिक, अर्धबार्षिक, बार्षिक समिक्षा गोष्ठी संचालन गरिने छ । सबै आयोजनाको सार्वजनिक सुनुवाई, सार्वजनिक परिक्षण र जनलेखा परिक्षणलाई अनिवार्य बनाईने छ ।
३. गुणस्तरीय सेवा प्रवाह व्यवस्थित गर्न गुणासो सुन्ने अधिकारी, सूचना अधिकारी, सुझाव पेटीका, सुचना पार्टी र नागरिक वडा–पत्रलाई व्यवस्थित गरिने छ ।
४.“सुशासनको विधी–सुचना प्रविधी” को नीति लागु गरी खर्चको फाँटवारीलाई व्यस्थित गर्न, स्वीकृत बार्षिक बजेट, नीति तथा योजना कार्यक्रमलाई व्यस्थित गर्न सप्टवेयरको खरिद गरी प्रयोगमा ल्याईने छ ।
५.“पालिकाको कानुन–सवैले जानुन !” भन्ने नीति अनुरुप नगरपालिकालाई डिजिटल नगरपालिकामा विकास गरिने छ । कार्यालयका आवश्यक सामाग्री तथा उपकरण खरिद तथा अन्य महत्वपूर्ण सुचनाहरुलाई वेभसाईटमा राख्नुको साथै नगरपालिकाको सबै बस्तीलाई टेलिफोन र ईन्टरनेट सेवाको पहुँचमा जोडिने छ ।
६. व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका पछिको चौथो अंगका रुपमा परिभाषित गरिएको रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाईन जस्ता मिडियामैत्री नीति तथा रणनीति निर्माण गरि कार्यान्वयन गरिने छ ।
७. भ्रष्टाचार सुन्य सहनशिल्ताको नीतिलाई कढाईपूर्वक लागु गरिने छ । आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन तथा वातावरण व्यवस्थापन, संस्थागत सेवा प्रवाह तथा सुशासन र विधायन समिति गरी नगरपालिकाका ६ वटा विषयगत समितिलाई व्यवस्थित रुपमा परिचालन गरिने छ ।
८. नगरपालिकाले लिदै आएको कर प्रणालीलाई जनमैत्री, बस्तुवादी र बैज्ञानिक बनाईने छ ।
९.भेरी नगरपालिकाको सहरी विकास गुरुयोजना निर्माणगरी सदरमुकाम भन्दा बाहिर बोहरा, रिसाङ, कालेगाउँ, भुरपोखरा, स्याउलीबजार जगतिपुर, फेरा बजार, कुदु, नेटीबजार, काफलचौर, पाँचकाटिया, बाहुनथान, रिम्ना, पिपेको बस्तीलाई सहरी विकास गुरुयोगनामा राखिने छ ।
भौतिक पूर्वाधार बिकासको क्षेत्र ः–
१.भौतिक पूर्वाधार निर्माण तथा विकासको क्षेत्रमा “वातावरणमैत्री पूर्वाधार–दिगो विकासको आधार !” को नीतिलाई लागु गरिने छ ।
२. १३ वटै वडा कार्यालय भवन निर्माण गरिने छ । उक्त १३ वटै वडा कार्यालयलाई नगर सडक संजालमा जोड्नुको साथै नगरपालिका भित्रका सबै सडकहरुको स्तरउन्नतीमा जोड दिईने छ । वडा नम्बर १ को डौरीकाँडा, २ को तिमिले र वडा नम्बर ७ को दोकानलाई तत्काल सडक संजालमा जोडिने छ ।
३. अन्तर जिल्ला र पालिका जोडने सडक तथा पुल निर्माणमा विशेष जोड दिदै वडा नं. १३ को कुदुदेखि रुकुमपश्चिमको चौरजहारी जोड्ने मोटरेवल पुल, कुदु–जगतिपूर–भुर हुदै कार्कीगाउँ जोड्ने मध्येपहाडी लोकमार्गको कालोपत्रे, खलंगा–रिम्ना जोड्ने सडक, खलंगा–बाहुनथान हुदै पाँचकाटिया जोडने सडकको कालोपत्रे, भेरे–मच्छाईना हुदै कार्कीगाउँ जोड्ने सड्क, मच्छाईना हुदै काफ्ला जोड्ने सड्क, मच्छाईना हुदै पाँचकाटिया जोड्ने सड्क, रिम्ना देखि ठुलाबगर हुदै पाली जोड्ने सडक, पिपे मैदे हुदै बडालेक जोड्ने सडक, डिङ्गा हुदै बडालेक जोड्ने सडक, पाँचकाडिया–डोप्के हुदै किटेनी जोड्ने सडक निर्माणमा विशेष जोड दिईने छ ।
४.नगरपालिकालाई खरको छाना मुक्त नगरपालिका गराईने छ ।
५.नगरपालिका भित्रका सबै वडा कार्यालय, सामुदायिक विद्यालय, नगर अस्पताल, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाईहरुको पक्की भवन निर्माण गरिने छ ।
६.नगर पालिकाका भित्रका सबै विद्यालयका कक्षा कोठालाई धुलो मुक्त बनाईने छ ।
७. ठाउँको आबश्यकता र बस्तीको मागमा आधारमा झोलुङ्गे तथा मोटरेवल र काठे पुलहरु निर्माण गरिने छ ।
८.नगरपालिका भित्रका सबै गाउँ, टोलमा सुद्ध खानेपानी आयोजनाहरुको निर्माण कार्यलाई पुरा गरिने छ ।
९. स्थानीय भु–वनावटको अबस्थालाई हेरेर पक्की तथा कच्ची सिंचाई कुलो, प्लाष्टिक पाईप लाईन विस्तार गरी सिंचाई, लिप्ट सिंचाई, प्लाष्टिक पोखरी निर्माण गरी सिंचाई योजनाहरुलाई पुरा गरिने छ ।
१०. पाँच बर्षको कार्यकालमा नगरपालिका भित्रका सबै गाउँ–टोलहरुमा केन्द्रिय विद्युत लाईन विस्तार गरिने छ ।
११. कुदुको रंगशाला, काफलचौरको कभर्ड हल, स्याउलीबजारको नगर अस्पताल भवन निर्माण निर्माणको कामलाई व्यस्थित तरिकाले पुरा गरिने छ ।
१२. ढल निकास, नदी तटबन्धन, भु–क्षय तथा बातावरण संरक्षणमा मद्दत पुग्ने योजनाहरु निर्माण गरिने छ ।
१३. वातावरणमैत्री, अपाङ्ग, महिला तथा बालमैत्री भौतिक संरचना निर्माणमा विशेष ध्यान दिईने छ ।
१४.नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्थाहरुमा स्तनपान कक्ष स्थापना गरिने छ भने, स्वास्थ्य संस्था तथा बर्थिङ्गसेन्टरहरुमा आबासिय प्रतिक्षा कोठा स्थापना गरिने छ ।
१५. सदरमुकाम भित्रका सबै बाटाहरु व्यवस्थित तरिकाले पुनर्निर्माण गर्नुको साथै ढलनिकासलाई व्यवस्थित गरिने छ ।
आर्थिक विकास तथा रोजगार क्षेत्र ः–
१.नगरबासीको आर्थिक विकासमा जोड दिन नगरपालिका मार्फत “अर्थतन्त्रको प्रमुख आधार–कृषिमा आमूल सुधार !”, “उद्यमशीलताको विकास–रोजगारीको विस्तार !”, “आइडिया दिनुस–लगानी लिनुस !”, “भेरीका सवै जन जन–कर्मशील झन झन !”, “बढाऊ उब्जनी–देखाउ धनी बनी !”, “सीप चिन्छ–पालिकाले किन्छ !”, “जेष्ठ नागरिक–सिकाउन सरिक !”, “पालिकाकै डेरी–स्वाद फेरी फेरी !”, “कृषिको सान्–कृषकको मान्–गाउँको पहिचान् !”, “सीप सिकौ–पालिकामै टिकौ !” जस्ता नीति तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गरिने छ ।
२. पिपे, मैदेको रैथाने मौरीको महलाई बजारीकरण गर्न सजिलैसंग प्रशोधन, लेवलिङ्ग, प्याकेजिङ्ग गर्न सकिने उद्योगहरु संचालन गरिने छ ।
३. कुखुराको दाना उत्पादन, मिनिरल वाटर, सेनिटाईजर, मास्क, स्यानीटरी प्याड, दालमोट, कागज, कापी, सावुन, जुस, पाउरोटी, अल्लो तथा राडीपाखी उद्योग, दुध डेरी, होजियारी संचालन गर्ने नीजि तथा सहकारी संस्थाहरुलाई विशेष अनुदानको व्यवस्था गर्नुको साथै स्थानीय उत्पादनलाई प्रयोगमा ल्याउने नीतिलाई कार्यान्वयन गरिने छ ।
४.निर्वाहमुखी टुक्रे उत्पादनलाई चक्लाबन्दी तथा ब्यबसायिकरण र आधुनिकिकरण गरी नगदेबालीको क्षेत्र बिस्तार, बाख्रा, खशीबोका, कुखुरा जस्ता पशुपन्छी र मच्छे पालन व्यवसाय संचालन गर्नका लागि दक्ष प्राविधिक जनशक्ति परिचालन गर्नुको साथै कृषि उपजहरुको बजारीकरण गर्न हाट बजारको व्यवस्था गर्नुको साथै स्थानीय उत्पादन कृषि उपजहरुको उपभोगमा जोड दिईने छ ।
५.कृषि उत्पादन तथा कृषि उद्योग संचालन गर्ने समुह, सहकारी र नीजि फर्महरुलाई विशेष अनुदान र सहुलियत कर्जाको व्यवस्था गरिने छ । साथै उत्पादित बालीबस्तुहरुको बजारीकरणलाई सहज बनाउन सहुलियत अनुदानमा ढुवानीका साधनहरु उपलब्ध गराउने व्यवस्था मिलाईने छ ।
६. भेरी नगरपालिका–९ को कालाभुमा रहेको गार्नेट खानी, ४ को धल्लाको सुनखानी, ४ कै बुदबुदीमा रहेको चुन र खरी खानीको सम्भाव्यता अध्ययन, उत्खनन्, प्रशोधन र बजारीकरणको व्यवस्थापन गरिने छ ।
७. महत्वपूर्ण धाम तथा शक्ति पिठका रुपमा रहेका वडा नं. ६ को मछाईना, ४ को मालिका, १ को शिवालय मन्दीरलाई धार्मिक पर्यटनको रुपमा विकास गरिने छ ।
८.नगरपालिकाका रमणिय स्थलहरु बडालेक, काफलचौर, भुरपोखरा, जगतिपुर, कुदु, रिम्नालाई पर्यटकीय नगरीमा विकास गर्न होमस्टे, पिक्निक स्पटहरु निर्माण गर्नुका साथै हवाई जहाज एयरर्पोट निर्माणको सम्भाव्यता अध्ययन तथा निर्माण कार्यलाई अगाडी बढाईने छ ।
९.जगतिपुर र खलंगालाई ऐतिहासिक नगरीमा विकास गर्न पुरातात्विक महत्वका जगतिपुर दरबार, बायुघट्ट, जाजरकोट दरबारको पुनर्निमाणमा जोड दिईने छ ।
१०.रिम्नादेखि आलीसम्मको जलयात्राको विकासमा जोड दिईने छ ।
११. यस भेरी नगरपालिका भित्र पर्ने राष्ट्रिय गौरवको आयोजना मभ्यपहाडी लोकमार्ग, भारतको रुपैडिया देखि जाजरकोट–डोल्पा हुदै तिव्वतको मोरिम तेन्जे जोड्ने त्रिदेशिय राजमार्ग भेरी करिडोर, भेरी–३ र भेरी–४ हाईड्रोपावर जस्ता आयोजनाहरुको निर्माण कार्यलाई सहज बनाउनुको साथै निर्माण कार्यमा गति पैदा गर्न जोड दिईने छ ।
सामाजिक विकास तथा न्यायको क्षेत्र ः–
१.बालबालिकाहरुको सर्वाङ्गिक विकास, युवालाई रोजगार तथा अबसर र जेष्ठनागरिकलाई सम्मान गर्ने नीतिलाई लागु गरिने छ । अपाङ्ग, एकल महिला, विपन्न नागरिकहरुको सामाजिक सुरक्षा र सामाजिक न्यायमा पहुँचको ग्यारेन्टी गरिने छ ।
२. नगरबासीहरुको मनोभावनालाई उच्च सम्मान गर्दै नगरपालिकाबाट “जन जनको इच्छा–स्वास्थ्य र शिक्षा !” को नीतिलाई लागु गरिने छ ।
३. जिल्ला तथा नगर अस्पतालको स्वास्थ्य सेवालाई व्यवस्थित गर्न मुख्य जोड गरिने छ । नगरपालिका भित्र रहेको १ जिल्ला अस्पताल, १ नगर अस्पताल, १ आयुर्वेद नगर अस्पताल, ५ वटा स्वास्थ्य चौकी र ७ वटा सामुदायिक स्वास्थ्य केन्दबाट प्रवाह गरिने स्वास्थ्य सेवालाई सुव्यवस्थित गर्न आबश्यक भौतिक संरचना निर्माण, आबश्यक जनशक्ति, प्रयाप्त औषधि तथा उपकरणको व्यवस्था गर्न नगरपालिकाबाट “हाम्रो पालिका–स्वस्थ्य बालबालिका !”, “सबै वार्ड–एउटै हेल्थ कार्ड !”, “स्वास्थ्य बीमा–आधा फ्री मा !”, “ बाटो–टोल–घर–सफा सुग्घर !” जस्ता कार्यक्रमहरु संचालन गरिने छ ।
४.कार्यसम्पादन मुल्याङ्कणका आधारमा राहत शिक्षकहरुलाई ६–६ महिनामा म्याद थप्ने नेपालको शिक्षा ऐन–२०२८ संग बाझिनेगरी जारी गरिएको भेरी नगरपालिकाको स्थानीय शिक्षा ऐन–२०७४ को दफा ३१ को उपदफा ३ खारेजी तथा संशोधन गरिने छ ।
५.बिद्यालय पहुँच भन्दा बाहिर रहेका बालबालिका, अपाङ्ग भएर घरभन्दा बाहिर आउन नसकेका तथा विद्यालय जान नसकेका बालबालिका र आधारभुत तहको भर्नादरलाई माध्यामिक तहमा पुग्दा टिकाउन नसकिने समस्यालाई समाधान गर्न साविकका गाविसमा एक वटा हुनेगरी नगरपालिकामा न्युनतम ५ वटा आबासिय विद्यालयको अबधारणालाई लागु गरिने छ ।
६. दरबन्दी अनुसार सबै विद्यालयमा शिक्षकको व्यवस्था गरिने छ ।
७. नगरपालिका भित्रका सबै विद्यालयको भौतिक पूर्वाधार निर्माण तथा सुचना प्रविधिसंग जोडिने व्यवस्था गरिने छ ।
८. प्राविधिक धार तर्फको पढाईलाई व्यवस्थित गर्न जाजरकोट बहुँप्राविधिक शिक्षालयको व्यवस्थापकिय पक्षमा विशेष ध्यान दिईने छ ।
९. नगरपालिका भित्रको बालबिबाह र बालश्रम रोक्न, बेसहारा, सयोगापेक्षी, सडक पेटीमा पुगेका बालबालिकाहरुको शिक्षा र स्वास्थ्यको अधिकारलाई सुनिश्चित गर्न बिज्ञ टोलीको सहयोगमा ठोस नीति तथा कार्यक्रम बनाएर कार्यान्वयन गरिने छ ।
१०. बाढी–पहिरो, आगलागी, कोभिड–१९, झाडा पखाला जस्ता प्राकृतिक विपद प्रतिकार्य योजना निर्माण गर्नुको साथै व्यवस्थापकीय तयारी गर्न नगरपालिकाबाट “आए महामारी–सबै छ तयारी !” को नीतिलाई अबलम्बन गरिने छ ।
११.नगरपालिका भित्र प्राथमिक उपचार नपाएर गाउँका सुत्केरी महिला, जेष्ठ नागरिक, घाईते तथा अपाङ्ग नागरिकले हेलिकप्टर चाटर गरेर उपचारको लागि सुर्खेत, नेपालगञ्ज, काठमाडौं जानुपर्ने अबस्थाको अन्त्य गरिने छ ।
१२. महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकहरुका लागि नगरपालिकाबाट न्युतम बर्षमा १ पटक आँखा, कान, नाक, घाँटी, महिलाहरुको पाठेघर र मानसिक स्वास्थ्य परामर्श शिवीरहरु संचालन गरिने छ ।
१३. नगर न्यायिक समितिको कार्यसम्पादनलाई व्यस्थित गर्नुको साथै जनताको सामाजिक न्यायलाई बैज्ञानिक बनाउन आबश्यक कर्मचारी दरबन्दीको व्यवस्था गरिने छ । न्यायिक समितिको क्षमता विकास तालिम संचालन लगाएतका अन्य व्यवस्थापकीय काममा जोड दिईने छ ।
१४. नगर पालिका भित्रको शान्ति, सुरक्षा, अमनचैन तथा सुव्यवस्था कायम गर्न नगर प्रहरीको अबधारणा अनुसारको दरबन्दीमा नगर प्रहरी नियुक्ति गरी परिचालन गरिने छ ।
१५.माग र आबश्यकताको आधारमा नभएर राजनीतिक आस्था र विचारका आधारमा बिकास योजना तर्जुमा गर्ने, उपभोक्ता समिति गठन गर्ने, योग्यता र क्षमताको आधारमा नभएर राजनीतिक आस्था र विचारका आधारमा कर्मचारी नियुक्ति गर्ने परिपाटीको अन्त्य गरिने छ ।
धन्यवाद ।
.
















































। २१ बैशाख २०७९, बुधबार