
खलंगा । जिल्लाको भेरी नगरपालिका ४ का वडाध्यक्ष खम्बजंङ्ग शाहले वडा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उनले वडा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस बाट ३ सय १३ मत ल्याएर निर्वाचित भएका थिए ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका तुफान श्रेष्ठले २०९ मत ल्याएर पराजित भएका थिए । उनले भने, “जिल्ला समन्वय समितिमा जानका लागि मैले वडा सदस्यमा उम्मेदवारी दर्ता गराएको हुँ, त्यहाँ जानलाई वडा सदस्यमा जित्नैपर्छ ।”
पाँच बर्षिय कार्यकालमा भेरी नगरपालिका भित्रका वडाहरु मध्ये सबैभन्दा उत्कृष्ठ काम गर्ने वडाध्यक्षको रुपमा परिचित छन् शाह । जनताका सेवामा हरवखत खटिने शाह सफल जनप्रतिनिधीको रुपमा चिनिन्छन् ।
















































। १९ बैशाख २०७९, सोमबार