
जाजरकोट । नेपाली काँग्रेस जाजरकोटका सभापति वेदराज सिंहले गठबन्धनका लागि गरिएका प्रयासहरुबाट अहिले सम्म कुनै परिणाम प्राप्त नभएको बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै कुनै परिणाम प्राप्त हुन् नसकेको बताएका हुन् ।
उनले लेखेका छन् , ‘नेतृत्वको निर्देशन पालना गर्दै गठबन्धनको लागि पटक पटक गरिएका प्रयासहरुबाट अहिले सम्म परिणाम प्राप्त भएको छैन, समय सिमालाई ख्याल गर्दै सातवटा पालिका प्रमुख ÷ उप प्रमुख ,७७ वटा वडाका अध्यक्ष र सदस्यका उम्मेदवार साथीहरू आ आफ्नो तयारीमा रहन अनुरोध गर्दछु ।
गठबन्धनको छ्लफल टुङ्गिएको छैन, छलफल जारी छ, नेतृत्वको निर्देशन अक्षरस पालना गर्नु हाम्रो कर्तव्य हो , समय सिमा र संगठनको ओज हाम्रो लागि अझ महत्त्वपूर्ण छ । गठबन्धन हुने या नहुने जानकारी छिट्टै गराईने छ ।’
















































। १० बैशाख २०७९, शनिबार