
सुर्खेत । बादी सरोकार मंञ्च नेपालमा रहेका बालबालिकाहरुलाई जन्मदिनको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा समाजसेवी युवा नेता तिर्थ सुनारले फलफुल वितरण गरेका छन् ।
सुनारले विगत लामो समयदेखि विभिन्न दुःखमा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएका छन् । फजुल खर्च गर्नुभन्दा त्यसलाई बचाएर सानो भएपनि सहयोग गरेको सुनारले बताए ।
वादी सरोकार मंञ्च नेपालले हाल बादी समुदायका एक सय जना बालबालिका हरुलाई संरक्षणको भुमिका निर्बाह गरिरहेको छ ।

बादी सरोकार मञ्च नेपालका अध्यक्ष हिक्मत बादीले भने आफुले बादी समुदायका बालबालिकाहरुको भबिष्य उज्वल बनाउनका लागी अरुसंग मागेर भएपनि उनीहरुको गाँस,बास,शिक्षा,स्वास्थ्य सबै व्यवस्थापन गरिरहेको बताउदै आगामी दिनहरुमा पनि यी बालबालिकाको भविष्य उज्वल बनाउन सबैले सहयोग गर्ने अपिल गरेका छन् ।
















































। ९ बैशाख २०७९, शुक्रबार