
जाजरकोट । जिल्लाको नलगाड नगरपालिकामा एमालेका जिल्ला कमिटी सदस्य सहित २६ जनाले माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमालेका जिल्ला कमिटी सदस्य प्रेम रावल लगायतलाई माओवादी केन्द्रका नेता एवम् नलगाड नगरपालिका प्रमुख टेक बहादुर रावल (दर्शन) ले अविर टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । एमाले परित्याग गरी माओवादी प्रवेश गरेका रावल २२ वर्षदेखि एमालेमा रहेर सक्रिय राजनीति गर्दै आएका थिए ।
भेरी ज्ञानोदय क्याम्पस स्ववियू सदस्यमा निर्वाचित हुदै बिद्यार्थीबाट राजनीतिक जीवन सुरु गरेका रावलले बिहीबार नलगाड नगरपालिका वडा नं ६ मा जनभेटघाटका क्रममा माओवादीमा प्रवेश गरेको माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टर जाजरकोटका संयोजक लोकेन्द्र विक्रम शहीले जानकारी दिए ।
उक्त कार्यक्रममा माओवादी केन्द्र समन्वय बिशेष प्रदेश समिति उपाध्यक्ष टकबहादुर घर्ती (मुनाल), नगर पार्टी इन्चार्ज इन्द्र प्रसाद शर्मा (प्रशान्त), समाज कल्याण परिषद सदस्य ललित बुढा (पवन), समन्वय बिशेष प्रदेश समिति सचिव खम्बलाल गौतम, समन्वय बिशेष प्रदेश समिति सदस्य सुदाम गौतम, कर्णाली प्रदेश समिति सदस्य गोपी बि.क.(अनिता), प्रेस सेन्टर नेपाल जाजरकोट जिल्ला समन्वय समिति संयोजक लोकेन्द्र बिक्रम शाही लगायतको उपस्थिति रहेको थियो ।
















































। २ बैशाख २०७९, शुक्रबार