स्थानीय तह निर्वाचन २०७९ : उम्मेदवारको सक्षमता मापन

— राजेन्द्र विक्रम शाह

राज्यको पुनर्संरचना गर्ने क्रममा नेपालमा लागू गरिएको संघीय शासन प्रणाली अन्तरगतका स्थानीय तहहरु जनताका सवै भन्दा नजिकका सरकारहरु हुन् । संविधान प्रदत्त अधिकार दायित्वको कार्यान्वयन मार्फत स्थानीय तहहरुले स्थानीय जनताका आधारभूत आवश्यकताको परिपूर्ति र आधारभूत सेवा प्रवाह गर्दछन् ।

आगामी २०७९ साल वैशाख ३० गते दोश्रो पटक स्थानीय तह निर्वाचन हुने गरी मिति तोकिएको पूर्व सन्ध्यामा नेपालमा २०७४ सालमा पहिलो पटक भएको स्थानीय तहको निर्वाचनवाट आएका जनप्रतिनिधिको नेतृत्वमा स्थानीय सरकारहरुले सम्पादन गरेका कामका वारेमा व्यापक चर्चा, अनुभूति र टिप्पणी भैरहेका छन् ।

संघीय शासन प्रणाली कार्यान्वयन गर्ने कमजोर तयारी, विवेकशील, सहयोगी र गतिशील नागरिक समाज र संस्कारको अभाव, दूरदर्शितापूर्वक कार्य सम्पादन र व्यवस्थापनमा न्यून क्षमता र लक्षित समुदायको माग दावी गर्ने क्षमताको कमीका कारण अधिकांश स्थानीय तहहरुले संविधान र कानूनको मर्म अनुरुप सेवा प्रदायकको सन्तुष्टिको स्तरलाई सम्मानजनक अवस्थामा पुर्याउन नसकेको तीतो अनुभूति व्याप्त छ ।

उपरोक्त परिस्थिति, सामाजिक मनोविज्ञान र सन्दर्भहरुलाई मध्यनजर गर्दै विगतको सिकाईका आधारमा जनताको वर्तमान र भविष्यको सुस्पष्ट मार्गचित्रमा अगाडी वढ्न स्थानीय सरकारलाई नेतृत्व दिने
जनप्रतिनिधिमा निश्चित सक्षमता अपरिहार्य छ र अवका वहुसंख्यक मतदाताले उम्मेदवारको सक्षमतालाई मापन गरेर मात्र अमूल्य मतको उपयोग गर्ने अपेक्षा सहित उम्मेदवारको सक्षमताका केही आयाम र पक्षहरु प्रस्तुत गर्दैछौं ।

 संविधानको मर्म अनुसार संघीय शासनका ३ तहका सरकार वीच सहकारिता, समन्वय र सह अस्तित्वका आधारमा नेतृत्व गर्न सक्ने
 नगर प्रहरी स्थापना र परिचालन गर्ने —
नेपाल सरकार र प्रदेश सरकार संग समन्वय गर्ने
– सामान्य शान्ति सुरक्षा र अमनचैन कायम राख्ने
-सामुदायिक सुरक्षाका लागि रात्रीको समयमा गस्ती गर्ने
-फूटपाथमा अनधिकृत पसल व्यवसाय राख्न नदिने
-सार्वजनिक सम्पदा र सम्पत्तिको सुरक्षा गर्ने
-छाडा जनावर व्यवस्थापन गर्ने
-जथाभावी पार्किंग गर्न नदिने
– नागरिक तथा सामुदायिक सुरक्षा सुनिश्चित गर्ने
-मदिरा पसल र अन्य पसललाई तोकिएको समय पछाडी वन्द गराउने
– सार्वजनिक स्थानमा होहल्ला गर्ने र लाउडस्पीकर वजाउने काम रोक्ने,
– सार्वजनिक स्थललाई अनधिकृत कव्जा हुन नदिने
– नागरिक सुरक्षा र परामर्श दिने
 सहकारी संस्थाहरुको दर्ता, नवीकरण, संचालन, विकास र नियमन गर्ने
-सहकारीका सुपथ पसल संचालन गरी जनतालाई सेवा दिने ।
-सहकारी मार्फत दैनिक आवश्यकताका सामग्रीको माग र आपूर्तिको वैज्ञानिक व्यवस्थापन गर्ने ।
– सहकारी खेती र सामूहिक खेती गर्ने ।
– नमूना वस्तीको विकास गर्ने ।
-वचत गर्ने वानीको विकास गर्ने ।
– जनतालाई शोषण गर्दै नाफा मात्रको उदेश्य वोकेंका वित्तिय संस्थाको चर्को शोषणवाट समुदायलाई जोगाउने ।
-उन्नत जातका वीउ विजन विक्री गर्ने ।
-अर्गानिक खेती गर्ने ।
– जैविक एवं प्रांगारिक मलको उत्पादन र प्रयोग वढाउने ।
-सिंचाई सुविधा व्यवस्थापन गर्ने ।
 एफ.एम. रेडियो दर्ता र संचालन
-जनतामा सत्य, सकारात्मक समसामयिक सूचना तथा सन्देश प्रवाह गर्न, सामाजिक उत्पादकत्वको परिचालन गर्न र सामाजिक एकता प्रवद्र्धन गर्न स्थानीय तह आफैले एफ.एम.सञ्चालन गर्ने ।
– इच्छुक नागरिकले एफ.एम.स्थापनाको प्रयास गरेमा उत्प्रेरित, नियमन र सहयोग गर्ने ।
– सञ्चार मार्फत स्थानीय तहका जनतालाई एउटै घरका परिवारवोध गराउने ।
 स्थानीय कर, सेवा शुल्क उठाउने 
-करको दर होईन, दायरा वढाउने ।
– राजश्व परामर्श समितिको निर्णय प्रक्रियामा सरोकारवालाको सुझाव लिने ।
 स्थानीय सेवा संचालन
-स्थानीय सेवा संचालनका लागि विशेष कानून निर्माण गर्ने ।
-उपयुक्त भवन निर्माण गरी वडा कार्यालयवाट भरपर्दो सेवा प्रवाह गर्ने ।
– कर्मचारी दरवन्दी पुनरावलोकन र सेवा शर्त तयार गर्ने ।
– कर्मचारी वृत्ति विकास र क्षमता विकास योजना वनाउने ।
 स्थानीय तथ््यांक र अभिलेख व्यवस्थापन गर्ने 
– वस्तुस्थिति विवरण प्रोफाईल तयार गर्ने र अध्यावधिक गर्ने ।
 संघ र प्रदेशका योजना कार्यान्वयन र समन्वय गर्ने 
– स्थानीय स्तरका विकास आयोजनाहरुको परियोजना वैंक वनाउने ।
– कृषि उत्पादन,, पंक्षी, चरा, वन्यजन्तुको अभिलेख व्यवस्थापन गर्ने ।
 आधारभूत र माद्यमिक शिक्षा संचालन तथा व्यवस्थापन
-अत्यावश्यक अवस्थामा विद्यालयकै स्वामित्वमा अतिरिक्त कक्षा संचालन गर्ने ।
-शिक्षण सिकाई उपलव्धीमा कमजोर, विपन्न, फरक क्षमता भएका विद्यार्थीका लागि विशेष कक्षा संचालन गर्ने ।
-व्यावसायिक रुपमा सरकारी शिक्षकवाट ट्यूशन केन्द्र संचालनलाई निरुत्साहित गर्ने ।
-वैज्ञानिक अध्ययन गरेर विद्यालय गाभ्ने वा थप्ने, कक्षा थप्ने वा गाभ्ने, सामाजिक न्याय समेत हेरेर शिक्षक दरवन्दी समायोजन गर्ने ।
-मातृभाषामा पठनपाठनको आवश्यकता र सम्भाव्यता अध्ययनका आधारमा निर्णय गर्ने ।
– स्थानीय पाठ्यक्रम तयार गरी लागू गर्ने ।
-विद्यालयका नाम पुनरावलोकन गर्ने ।
-विद्यालय सुधार योजनालाई वैज्ञानिक र वस्तुगत वनाउने ।
– विद्यालय कर्मचारी दरवन्दी स्थायी गर्न र सेवा सुरक्षा र क्षमता विकासका लागि पहल गर्ने ।
-वाल विकास केन्द्का सहयोगी शिक्षिकाको दरवन्दी स्थायी गर्न र सेवा सुरक्षा र क्षमता विकासका लागि पहल गर्ने ।
 आधारभूत स्वाथ्य र सरसफाई
– प्रजनन् स्वास्थ््य सेवा र गर्भवती र सुत्केरी केन्द्रीत स्वास्थ््य सुरक्षा र पोषण सुरक्षा सेवालाई थप प्रभावकारी वनाउने
-आधारभूत स्वास्थ््य सेवाको नियमित र गुणस्तरीय सेवा प्रवाह संस्थागत गर्न अस्पताल, प्राथमिक स्वास्थ््य केन्द्र,

– स्वास्थ््य चौकी, सामुदायिक स्वास्थ््य केन्द्रको स्तरोन्नती गर्ने
– महिलाहरुको आंग खस्ने समस्या, पायल्स र फिस्टूला, आंखा उपचार तथा मानसिक स्वास्थ््य प्रवद्र्धनलाई समुदाय सम्म विस्तार गर्ने
– किशोर किशोरी केन्द्रीत स्वास्थ््य सचेतना र उपचार सेवालाई थप प्रभावकारी वनाउने
– अस्पताल केन्द्रीत र घुम्ती प्रकृतिका विशेषज्ञ स्वास्थ््य शिवीरलाई नियमित गर्ने
– आयुर्वेद स्वास्थ््य उपचार र परामर्श सेवालाई थप सुदृढ वनाउने ।
– शारीरिक र मानसिक स्वास्थ््य प्रवद्र्धनका लागि योग शिक्षाको व्यापक प्रसार र अभ्यास
– शौचालयको गुणस्तरीय प्रयोग र शुद्ध खानेपानीको व्यवस्था
– व्यक्तिगत, पारिवारीक र सामुदायिक स्वास्थ््य र सरसफाई सचेतना विस्तार
– आगामी ३ वर्ष भित्रमा जाजरकोट जिल्लालाई पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा
– पूर्ण सरसफाई रणनीतिक कार्ययोजना निर्माण गर्ने र संस्थागत क्षमता विकास
-कुहिने र नकुहिने फोहर र ढलको व्यवस्थापन, पानी सुरक्षा एवं फोहोरलाई मोहरमा वदल्ने शिक्षा र सुविधा विस्तार
 स्थानीय वजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधताको व्यवस्थापन
– संस्थागत विपद व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलन क्षमता विकास
-स्थानीय उत्पादन विक्री गर्न कोसेलीघर स्थापना र संचालन
– हरेक वडामा कृषि हाटवजार स्थापना र संचालन
-मूल्यसूची र वजारको नियमित अनुगमन
– शहरी विकास योजना र मापदण्ड तथा आचार संहिता निर्माण र कार्यान्वयन
– पूर्वाधार र संरचना निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकन र विश्लेषण
 स्थानीय सडक, भूमि व्यवस्थापन
– भीरालोपना वढी भएको जमीन भएकाले दीगो भूव्यवस्थापन प्रविधि अवलम्वन
– उपयुक्त प्रकारको सिंचाई प्रणाली अवलम्वन
-उत्पादनशील जग्गाको प्लटिंगलाई निरुत्साहित गर्ने
– सवै गाउंवस्तीलाई दीगो सडक संजालको पहुंच सुनिश्चितता
 गाउं सभा, नगर सभा, जिल्ला सभा, स्थानीय न्यायिक समिति, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
 कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ््य
 निश्चित वस्ती र व्यक्ति लक्षित एकीकृत रुपान्तरण कार्यक्रम संचालन
– उन्नत र व्यावसायिक खेती तथा एकीकृत पशुपालन
– उत्पादनोपरान्त क्षती न्यूनीकरण र एकीकृत शत्रुजीव व्यवस्थापन
– वजार संजालीकरण र मूल्यश्रृंखला विश्लेषण
– शीत भण्डार निर्माण, स्थापना र व्यवस्थापन
-वैज्ञानिक चरण व्यवस्थापन
– सुरक्षित र प्रविधियुक्त पशु वधशाला
-प्रकोप नियन्त्रण
 वेरोजगार, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति र असक्तहरुको अभिलेख तथा व्यवस्थापन
 दीगो तथा किफायती विद्युतीकरण
 शीपमूलक, रोजगारमूलक र आयमूलक शीपको विस्तार र वित्तिय सेवामा पहुंच विस्तार
वालमैत्री स्थानीय शासन, वातावरणमैत्री स्थानीय शासन र सुशासनयुक्त स्थानीय शासन अवलम्वन
 लैंगिक हिंसा, जातीय भेदभाव र छुवाछूतलाई समूल रुपमा अन्त्य गरी सामाजिक न्याय संस्थागत गर्ने ।
 विपद व्यवस्थापन, जलाधार संरक्षण, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण र विकास
 भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास गर्न सक्ने ।
 धार्मिक, सांस्कृतिक, ऐतिहासिक विशेषता र सम्पदा संरक्षण, प्रचार प्रसार, प्रवद्र्धन र सम्वद्र्धन गर्ने ।
 थप सक्षमता
 दूरदृष्टियुक्त सकारात्मक सोच भएको ।
 भविष्यको मार्गचित्र पहिल्याई अरुलाई पनि वाटो चिन्न सक्ने अरुलाई पनि वाटो देखाउन सक्ने र अरुलाई साथमा लिएर अगुवाई गर्ने ।
 असम्भवलाई सम्भव वनाउने दृढता भएको ।
 कामका तरीका वदल्न र विकल्प पहिचान गर्न सक्ने । .
 दीगो विकास, सहभागितामूलक योजना तर्जुमा÷कार्यान्वयन÷अनुगमन, मूल्यांकन वारे जानकार
 टोल विकास संस्था जस्ता सामुदायिक संस्थाको सवलीकरण र स्थानीय विकासमा परिचालन
 आवश्यकतानुसार तेश्रो पक्ष अनुगमन प्रणाली अवलम्वन गर्ने ।
 संघीयता र जनकेन्द्रीत शासनको मर्म वुझेको ।
 आवधिक योजनाको प्राथकिता र मर्म अनुसार काम गर्न सक्ने ।
 अनावश्यक र गर्न नसक्ने कामको आश्वासन नदिने ।
 लक्ष्यमा दृढता र त्याग तथा व्यवहारमा लचकता र स्वच्छता भएको ।
 समकालीन विद्युतीय तथा संचार प्रविधिको ज्ञान आवश्यक छ ।
 कानून वमोजिमका कार्य सम्पादनका सूचकवारे जानकार ।
 व्यक्तिगत, पारिवारिक र दलगत आग्रह पूर्वाग्रह भन्दा माथी उठ्ने, समझ तथा विवेक भएको ।
 जनताका अभिमत र पृष्ठपोषण तथा गुनासाहरुलाई निरन्तर स्वीकार गर्ने र सम्वोधन गर्ने ।
 सामान्य प्राविधिक ज्ञान समेत भएको ।
 भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता भएको र आर्थिक प्रलोभनमा नपर्ने ।
 माफिया, घुसखोर, कमिशनखोर र तस्करहरुको संजालमा नफस्ने ।
 सार्वजनिक जवाफदेहीताका औजारहरुको ज्ञान र प्रयोग गर्ने ईच्छाशक्ति भएको ।
 निर्वाचनमा मत समेत किन्ने गरी पैंसा लगानी गर्ने र पछी असूली गर्ने सोचवाट मुक्त भएको ।
 जनताका कुरा सुन्ने र कर्मचारीलाई उत्प्रेरित गर्दै काम लिन सक्ने खुवी भएको ।

आम जनता सजग रहौं । हतारमा गल्ती गर्ने र फुर्सदमा पछुताउने विगतको सिकाईवाट सोच र व्यवहार परिवर्तन गरौं । स्थानीय सरकारमा सक्षम, गतिशील र विवेकशील नेतृत्वको खांचो छ । संस्थागत कार्य सम्पादनमा स्वमूल्यांकन र वाह्य मूल्यांकनमा उत्कृष्ट नेतृत्वको मूल्यांकन गरौं । महिला जनप्रतिनिधिको संख्या विगतमा भन्दा वढी हुने कुरामा चनाखो रहौं । समूह गतिशीलतामा विश्वास गर्ने चरित्र असल नेतृत्वको लक्षण हो ।

समाजमा उच्च नैतिक चरित्र र समाजका लागि समर्पित व्यक्तित्व, हरेक विषयमा विषय विज्ञ र अनुभवी व्यक्तित्वको सल्लाह लिएर काम गर्ने, व्यक्तिगत स्वार्थ भन्दा माथी उठ्ने, जवाफदेहीता र उत्तरदायित्व वोध गर्न सक्ने तथा दीगो तथा समावेशी योजना वनाउन र कार्यान्वयन गर्न सक्ने नेतृत्वलाई चयन गरौं ।

समृद्ध, आत्मनिर्भर र प्रतिष्ठित नागरिक र समाजको वर्तमान र भविष्यको मार्गचित्र तयार गर्न सफलताको शुभकामना सहित,
धन्यवाद ।

तपाईको प्रतिक्रिया