
जाजरकोट । युवाहरुका लागि एक महिने हलुका सवारी चालक तालिम सम्पन्न गरिएको छ । कारितास अष्ट्रेलियाको आर्थिक सहयोगमा कारितास नेपाल र युवा जागरण विकास केन्द्र नेपाल यार्सन जाजरकोटको साझेदारीमा सन्चालित नेपाल जिविकोपार्जन तथा उत्थानशिलता कार्यक्रम ल्ीच्ए( ऋथ्भ्ए को आर्थिक सहयोग मा भेरी नगरपालिका ३ स्याँलामा तालिम सन्चालन भएको थियो ।
तालिममा समाज सुधार शान्ति यूवा क्लव भेरी नगरपालिका ३ थाप्लेका मनिस कुमार शाही, दीपक बि., अजय वली र मालिका शान्ति यूवा क्लव भेरी नगरपालिका ४ रानागाउँका यादब विक गरी ४ जनाको सहभागिता रहेको थियो ।
व्यवसायिक सीपमुलक तालिम अन्तरर्गत एक महिने हलुका सवारी चालक तालिम श्री अमृत ड्राईभिङ्ग ट्रेनिङ्ग सेन्टर प्रा.लि. नेपालगंज ४ कारकाँदो बाँके को साखा भेरी नगरपालिका ३ स्यालामा कुशे लघु घरेलु सहकारी संस्था लिमिटेड भेरी नगरपालिका ३ स्याँलाले तालिमको व्यवस्थापन गरेको थियो ।

तालिम समापन कार्यक्रममा भेरी नगरपालिकाका उप प्रमुख भावना भण्डारीले युवाहरु लाई सीपमुलक तालिमले रोजगारा लाग्न र आत्मानिर्भर वन्न अवसर प्रदान गर्ने बताउनुभयो । आगामी दिनमा साझेदारिमा समेत यस्ताखाले तालिम सन्चालन गर्न सकिने बताउनुभयो ।
तालिम समापनको क्रममा प्रशिक्षर्थि यादव वि.क.ले संस्थाले आफ्नो सीप विकासका लागि ड्राईभिङ्ग तालिमको आयोजना गरेर आफुहरुलाई सीप विकास गराएको बताउनु भयो । तालिमले आफुहरुलाई व्यवशायिक वन्न मौका दिलाएको उहाँको भनाई छ । समापन कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष बालकुमार शर्मा,सदस्य कालीवहादुर नेपाली, अस्पताल विकास समितिका पुर्व अध्यक्ष धर्मशीला बस्नेत, कुशे लघु घरेलु संस्थाका प्रवन्धक शिला नेपाली , रेडियो हाम्रो पाइलाका लिला पौडेल, तालिम प्रशिक्षर्थि,प्रशिक्षक, यार्सन का कर्मचारीहरुको सहभागिता रहेको थियो ।
सोही अवसरमा तालिम प्रशिक्षक ड्राइभर रुद्र बिर विक. र तालिमको व्यवस्थापन गरेस्वरुप कुशे लघु घरेलु सहकारी संस्था लिमीटेड mभेरी नगरपालिका ३ स्याँलालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
















































। २९ चैत्र २०७८, मंगलवार