
जाजरकोट । नेकपा ( एमाले) बाट बारेकोट गाउँपालिकाको अध्यक्षमा वीरबहादुर गिरीले चुनाव लड्ने भएका छन् । सोमबार पार्टीको गाउँ कमिटी वैठकले गिरीलाई आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारको रुपमा छनौट गरेको हो । लामो समयदेखि शिक्षण पेशामा सक्रिय गिरी प्रेस चौतारीको केन्द्रीय उपाध्यक्ष समेत बनिसकेका छन् ।
छैटौं जिल्ला अधिवेशन बाट नेकपा एमालेको जिल्ला सचिवमा भारी मतका साथ विजयी भएका थिए ।
शिक्षण पेशालाई त्यागेर नेकपा एमालेको राजनीतिमा सक्रिय भएका गिरी यूवा पुस्ताका लोकप्रिय नेताको रुपमा परिचित छन् । बारेकोट गाउँपालिका वडा नं २ ध्यारगाउँमा जन्मिएका गिरी बारेकोटी जनताका आशा र भरोसाका केन्द्रविन्दु मानिन्छ ।
















































। २८ चैत्र २०७८, सोमबार