काठमाडौं – नयाँ शक्ति पार्टी विघटन भएको छ । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा २०७३ जेठ ३० गते तामझामका साथ घोषणा भएको नयाँ शक्ति पार्टी विघटन भएको संयोजक किरणले प्रेस वक्तव्य मार्फत जानकारी दिएका छन् ।
बाबुराम भट्टराईले नयाँ शक्तिका बहुमत सदस्यलाई तत्कालीन संघीय समाजवादी फोरम सङ एकता गराएका थिए । त्यसपछि उक्ति पार्टीको नाममा युवा नेता रवि किरण हमालले राजनैतिक गतिविधि गर्दै आएका थिए ।
रवि किरण हमालको नेतृत्वमा रहेको नयाँ शक्ति पार्टी आजबाट विघटन भएको छ । किरणले वक्तव्य जारी गर्दै भनेका छन् ” पार्टीलाई स्थापित गर्न नसक्नुमा प्रमुख जिम्मेवारी तत्कालीन संयोजक डा.बाबुराम भट्टराईलाई केही अंस छोड्दै म स्वयं आफै लिन चाहान्छु ।”
पार्टीलाई समर्थन गर्ने र गएको निर्वाचनमा मतदान गर्ने सबैलाई धन्यवाद दिदै पुनः जिम्मेवारीपूर्वक, परिपक्वता र उर्जा सहित राजनीतिमा आउने किरणले उल्लेख गरेका छन् ।
















































। २८ चैत्र २०७८, सोमबार