नेकपा एमाले बाट भेरी नगरपालिकाको मेयरमा पुनः घर्ती लड्ने

May be an image of 1 person, standing, tree, mountain, sky and text that says 'Marmot'जाजरकोट । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा ( एमाले) बाट भेरी नगरपालिकाको मेयरमा पुनः चन्द्रप्रकाश घर्ती (सिपी) लड्ने भएका छन् ।

नेकपा ( एमाले) जाजरकोटले भेरी नगरपालिकाले मेयरको उम्मेदवार टुंगो लगाएको हो । २०७४ साल वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा भारी मतका साथ घर्ती मेयरमा विजयी भएका थिए ।

नगरबासीका प्रीय नेताका रुपमा परिचित घर्तीले पुनः दोस्रो पटक मेयरमा लड्ने अवसर पाएका छन् । यूवा पिढींका आशा र भरोसाका केन्द्रविन्दु समेत रहेका घर्ती नेकपा एमालेका केन्द्रिय सदस्य समेत हुन् ।

आफ्नो पाँच बर्षिय कार्यकालमा नगर भित्र शिक्षा,स्वास्थ्य खानेपानी, खेलकुद, यातायात, सञ्चार, पूर्वाधार लगायतका क्षेत्रमा उल्लेखनीय प्रगति हाँसिल गरेका घर्ती एक सफल जनप्रतिनिधीको परिचय बनाउन सफल छन् ।

जनताले विश्वास गरेर दोस्रो पटक मेयरमा विजयी गरेमा पाँच बर्षिय कार्यकालमा अधुरा रहेका कामहरु पुरा गर्ने अवसर मिल्नेछ । सत्तागठबन्धन दलहरुले चुनावी तालमेल गर्दा घर्तीलाई मेयर जित्ने निकै चुनौती हुनेछ ।

तपाईको प्रतिक्रिया