
बारेकोट । जिल्लाको बारेकोट गाउँपालिकाको अध्यक्षमा गाउँपालिका उपाध्यक्ष ओमा शाहीले दावी गरेकी छन्् । (नेकपा माओवादी केन्द्र) बाट उपाध्यक्ष शाहीले पालिका अध्यक्षमा दावी गरेकी हुन् ।
२०५२ साल देखि माओवादी केन्द्रको निरन्तर राजनीतिमा सक्रिय शाही माओवादी केन्द्र जाजरकोटको प्रभावशाली नेताको रुपमा परिचित छन् ।
हाम्रो पहुँच डटकम सँग कुराकानी गर्दै शाहीले भनिन्, ‘आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेरो अध्यक्ष पदमा उम्मेदवारी रहन्छ, महिलाहरु पनि अध्यक्ष भएर काम गर्न सक्छन्, उपाध्यक्ष मात्र भएर हुदैन्, त्यसैले यसपटक मेरो अध्यक्ष पदमा उम्मेदवारी रहन्छ ।’
२०५३ साल देखि महिलाहरुको नेतृत्व गर्दै तत्कालिन वडाध्यक्ष, पार्टीमा एरिया कमिटी सदस्य, साविक रोकायगाउँ गा.वि.स महिला सञ्जालको अध्यक्ष, नेकपा माओवादी केन्द्रको गाउँ कमिटीको कोषाध्यक्ष, २०७४ सालको स्थानीय तहको निर्वाचनमा भारी मतका साथ विजयी भई पाँच बर्षिय कार्यकाल सफलता पूर्वक सम्पन्न गरिसकेकी शाहीले धेरै अनुभव र संघर्ष बटुलिरहेकी छन् ।
















































। २७ चैत्र २०७८, आईतवार