नेपाली काँग्रेस बाट छेगागाड नगरपालिकाको मेयरमा रत्न खड्का लड्ने !

जाजरकोट । नेपाली काँग्रेस छेडागाड नगरपालिका जाजरकोटले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नगर प्रमुखमा रत्न खड्कालाई उठाउने निर्णय गरेको छ । नगर कमिटीको वैठकले नगरप्रमुखमा खड्कालाई उठाउने निर्णय गरेको हाे ।
खड्का अघिल्लो चुनावमा पनि मेयरको उम्मेदवारी बनेका थिए । तर नेकपा एमालेका लालबहादुर महतारा सँग पराजित भएका थिए । उनी नेपाली काँग्रेसको १४ औं महाधिवेशन बाट नेपाली काँग्रेस जाजरकोटको उपसभापति समेत हुन् ।

नगरपालिकाको मेयरका लागि शुरुमा सात जनाको उम्मेदवारी रहेको थियो जसमा जाजरकोट रत्न खड्का, रत्न अधिकारी, खडक बहादुर बुढा, जनकराज शर्मा, टोपेन्द्र अधिकारी, ललित बस्नेत ,कर्ण खड्का रहेका थिए । छलफलको अन्त्यमा ७ जना उम्मेदवार मध्ये ५ जना उम्मेदवारहरुले रत्न खड्कालाइ समर्थन गरेका थिए भने खडकबहादुर बुढा अन्तिम सम्म उम्मेदवार छोडेका थिएनन् । छलफलको निष्कर्षमा टुंगो नलागेपछि बहुमतिय प्रणालीले रत्न खड्कालाई मेयरको उम्मेदवार टुंगो लगाएको हो ।

नगरपालिकाको उपमेयरमा भने २ जनाको नाम सिफारिस भएको छ । उपमेयरमा ७ जनाको उम्मेदवारी रहेको थियो जसमा रेश्मा शाही खत्री ,गिता शाही , नैनसरा सिंह , लाली आर.सी., सोना शाही , कालीबहादुर खत्री ,जय बहादुर कार्की हुन् । छलफलको क्रममा २ जना रेश्मा शाही खत्री र गिता शाही बाहेकका अन्य उम्मेदवारले उम्मेदवार फिर्ता लिएपछि अन्त्यमा २ जना रहेका थिए ।

२ जनामा सहमति हुन नसकेपछि २ जनाकै नाम नगरपालिकाले अगाडि सिफारिस गरेको छ । जसमा रेश्मा शाही खत्री अघिल्लो निर्वाचनमा खड्कासङ्गै उपमेयरको उम्मेदवार बनेर थोरै मतले पराजित भएका थिइन् भने अर्की उम्मेदवार गिता शाही १४ औं महाधिवेशन बाट कर्णाली प्रदेश कार्यसमितिको सदस्य हुन् ।

तपाईको प्रतिक्रिया