२६ चैत्र २०७८, शनिबार

कविता : परिवर्तन

रविन्द्र विश्वकर्मा ( RN)


एका विहानै उठेर कोही
हेरि रहन्थ्यो ।
आँगनको त्यो कुनाबाट
सायद भनेथ्यो होला उसले
मलाई भिक्षा दिनुहोस् न
विचरा !

कति दिनको भोको
कति आँशुहरु
पिएर बाचेथ्यो होला
कति दुःख पीडामा
हाँस्थ्यो होला
सुनेथ्ये मैले

जब आउँछ भिखारी
आँगन अाँगनमा
दिनुपर्छ र भिक्षा
आयोथ्यो रे देशमा
लोकतन्त्र,गणतन्त्र अनि
अन्य तन्त्र तन्त्र पनि
तर बिडम्बना ।

भिख माग्ने भिखारीलाई हैन्
देशका ठुला बडालाई मात्र रे
हुन त देशले कति
युद्धको सामना गर्नुपर्याे
कति सहिदहरुले वलिदानी
कति निमुखा जनताले
ज्यानको आहुती ।

यस्ता यस्तै संघर्षका खातीर
नेपाली माता रोहिरहेछन् आज
सुनिन्छ देशमा
ठुलो परीवर्तन आएको छ रे
खै कसरी आयो
हेर्नुहोस त ?

अनि उही भिखारी
अनि उही मधुर स्वरमा
अनि उनैका आँगनमा आँगनमा
पुगेर भनिरहेछ
मलाई भिक्षा दिनुहोस्
के छ परिर्वतन ?
कसरी भएको छ परिर्वतन
बरु परिर्वतन त

बामे खेल्ने नानीहरुको भएको छ ।
हिडिरहेका हुन्थ्ये
शैसवकालमा वामे खेल्दै उनीहरु
आज जवानी चढेको छ
आज उमंङ्ग चढेको छ
तर विडम्बना ।
अन्धकार भविष्य उनीहरुकै
यही सम्झन्छन्
परिवर्तन ।

यही हो रे परिर्वतन
यसरी नै
भएको छ यहाँ परिर्वतन ।

लेखक विश्वकर्मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइ जाजरकोटमा सब इन्जिनियरको रुपमा कार्यरत छन् ।