जाजरकोट । जिल्लाको नलगाड नगरपालिका वडा नं ५ खानटाकुरा कैचु जंगलमा अवैध वेबारिसे बन्दुक फेला परेको छ । जंगलमा बन्दुक रहेको गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बाट प्रहरी नायव निरीक्षक छविलाल चौधरीको कमाण्डमा गएको टोलीले खोजतलास गर्दा उक्त जंगलमा बन्दुक फेला पारेको हो ।
भरुवा बन्दुक जंगलको वीच भागमा काफल, लालीगुराँस, रयत लगाउतका अन्य स साना बुटाहरुको वीचमा रहेको अवस्थामा फेला पारी कानुन बमोजिम बरामद गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
















































। २४ चैत्र २०७८, बिहीबार