
जाजरकोट । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरु आफ्नो उम्मेदवार छनोटमा जुटेका छन् । ऊर्जावान् युवाहरू वडाको नेतृत्वमा आउन् भन्ने अपेक्षा दलहरुले गरिरहेका छन् ।
जाजरकोटका विभिन्न स्थानीय तहमा युवाहरु आफ्नो वडाको नेतृत्व लिन जुटिरहेका छन् । छेडागाड नगरपालिका–५ को वडाअध्यक्षमा युवा नेता सरोजजङ्ग शाहीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य समेत रहेका युवा नेता शाहीले वडाध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।
जिल्लाका युवाहरुको ढुकढुकी शाहीले अध्यक्षको उम्मेदवारी घोषणा गरेपछि गठबन्धन गरेका दलहरु समेत डराएका छन् । पार्टीको सिद्धान्त संगसंगै सर्वसाधारणलाई आइपर्ने समस्यामा हर सम्भव सहयोग गर्ने, विकास योजनाका गुणात्मक परिवर्तन गर्ने र पारिश्रमिकको प्रवाह नगरी समाजसेवा गर्न आफुले वडाध्यक्षमा दाबी गरेको युवा नेता शाहीको भनाई छ ।
आफू जस्तोसुकै परिस्थिति आएपनि सहजै चुनाव जित्ने उनले दावी गरे । अग्रजहरु संग सल्लाह गरेर आफुले चुनावमा लेड्ने उनको तयारी छ । त्यसकै लागि उनी घरदैलो अभियानमा लागिरहेका छन् । समाजसेवी शाही वृद्धवृद्धा देखि युवा पुस्ताको पहिलो रोजाईमा छन् । गत २०७४ को स्थानीय चुनाव पनि नेकपा एमालेले भारी मत सहित बिजयी भएको थियो ।
















































। २४ चैत्र २०७८, बिहीबार