
जाजरकोट । जिल्लाको नलगाड नगरपालिकामा मिडिया विकास बहस कार्यक्रम सम्पन्न भएको छ । प्रेस सेन्टर, नेपाल जिल्ला समन्वय समिति जाजरकोटको आयोजना र नेपाल पत्रकार महासंघ शाखा जाजरकोटको समन्वयमा मिडिया विकास वहस कार्यक्रम ६ बुद्धे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो ।
जाजरकोट जिल्लामा सञ्चालित, रेडियो एफ.एम, पत्रपत्रिका, अनलाईन सञ्चार माध्यमहरुको विकासका लागि क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीहरु सँग छलफल गरिएको प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति जाजरकोटका संयोजक लोकेन्द्र विक्रम शाहीले जानकारी दिए ।
मिडिया विकास वहस कार्यक्रममा पूर्व गृह मन्त्री एवं प्रतिनिधी सभा सदस्य, शक्तिबहादुर बस्नेत, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्यहरु रामदीप आचार्य, गगनबहादुर खड्का (जीवन), पार्वती विक (शान्ता), नलगाड नगरपालिका मेयर टेकबहादुर रावल, उप प्रमुख बालकुमारी बस्नेत, प्रमुख प्रशासकिय अधिकृत मानबहादुर गिरी सहित जिल्लाका केही सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

यस्तो छ घोषणा पत्र
“आस्था , विचार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चिता , मिडिया विकास श्रमजिवीको हित र व्यवशायीक पत्रकारीता बिकासमा प्रतिबद्धता ” भन्ने नाराका साथ नलगाड नगरपालिकाको दल्लीमा आयोजित मिडिया विकास बहसमा जिल्लाका सवै पत्रकार संगठन , र छाता संस्था नेपाल पत्रकार महासंघ जाजरकोटको समन्वयमा जिल्लाका मिडिया हाउस , पत्रकार , नागरिक समाज , राजनैतिक दल तथा जिल्ला बासी नागरिकको जीवनस्तर माथि उकास्न नलगाड नगरपालिकाले खेल्ने भुमिकालाई अझ सशक्त बनाउदै पर्यटन , उर्जा , सुखी जिवन यापनको चरणहरुमा अग्रस्थानमा जोडन सवैक्षेत्रबाट भईरहेको प्रयासलाई थप जागरण र सचेत बनाउन आगामी निति तथा कार्यक्रममा नलगाड नगरपालिका ,कार्यपालिका मार्फत सर्वाङ्गीन विकासमा जोड दिन सवैको भुमिका क्रियाशिल बन्ने अठोट सहित यो नलगाड घोषणा पत्र जारी गरिएको छ ।
नलगाड नगरपालिकाको पयर्टन , धार्मीक तथा सांस्कृतिक सम्पदा र धरोहरहरुको संरक्षण र सम्बर्दनका साथै प्रचार प्रशारण गरी आम संचार मार्फत सवैमा जानकारी गराउन स्थानीय सरकार र जिल्लाका स्थानीय मिडियाहरु संग सहकार्य समन्वय मार्फत कार्यक्रमहरु संचालन गर्न नगरसरकारको सक्रियता र जिल्ला स्थित मिडियाकर्मी मिडिया हाउस प्रतिवद्ध हुने बातावरण बनाउन सवैले पहल गर्ने ।
नलगाड नगरपालिकाको विकास र नागरिकको जनजिविकाको लागी मिडिया संगै नगरका गतिविधिहरु आम सुमुदायमा लैजाने कार्यमा हामी प्रतिबद्ध छौ ।
नलगाड नगरपालिका लगायत जिल्लाका सवै स्थानिय तहले बनाउनु पर्ने संचार निति निर्माणमा नेपाल पत्रकार महासंघ र स्थानीय मिडियाकर्मी र सरोकारवालाहरुलाई सहभागीता तथा समन्वयमा बनाइ कार्यान्वयण गर्ने कार्यमा प्रतिबद्ध छौ ।
कर्णालीकै भाग्य र भविष्य संग जोडिएको नलगाड हाइड्रो पावरको निर्माण र यस क्षेत्रका नागरिकको जनजिविकामा दिगो रुपमा सहयोग पुग्ने गरि नलगाड नगरपालिकाका नागरिक र जिल्लावासी र आसपासका स्थानीय तहका नागरिकलाई शेयर र लगानीमा सहयोग पुग्ने समन्वय र नितिगत व्यवस्थापन गर्न वकालत गर्न हामी प्रतिबद्ध छौ ।
नलगाड नगरपालिकाको गतिविधि सहितको रेडियो कार्यक्रम नलगाड गतिविधि साप्ताहिक रुपमा उत्पादन गर्न र जिल्लाका आमसंचार माध्यम मार्फत प्रशारण गर्ने व्यवस्थापन गर्न , नगरपालिकाको विकास निर्माण र समस्याको पहिचान र खोजि गर्न जिल्लाका कृयाशिल पत्रकारहरुलाई खोज पत्रकारीतामा जोड्न आवश्यक मिडिया लेखन वृत्ति प्रदान गर्ने , क्यामरा ,ल्यापटप,रेकर्डर तथा मिडिया सामाग्री खरिदमा वर्षमा कम्तिमा २ जनालाई अनुदान सहयोग गर्न मिडिया ऐन तथा निति ल्याइ कार्यान्वयन गर्न जोड दिने कार्यमा हामी प्रतिबद्ध छौ ।
माथिका महत्वपूर्ण कृयाकलापलाई कार्यान्वयण गर्न , गराउन हामी सवै आ आफ्नो क्षेत्रबाट प्रतिबद्ध छौ ।

















































। २३ चैत्र २०७८, बुधबार