
प्रेम विश्वकर्मा
जाजरकोट । जाजरकोटमा टाईफाईड रोग विरुद्धको खोप अभियान सञ्चालन हुदैछ । जिल्लाको सवै वडा र स्थानीय तहमा खोप अभियान सञ्चालन हुने भएको हो । चैत्र २५ गते देखि सञ्चालन हुने खोप अभियानमा जिल्लाका १५ महिना देखि १५ वर्ष मुनिका सबै बालबालिकाहरुलाई टाईफाईड विरुद्धको खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालयका खोप फोकल पर्सन शान्तबहादुर बुढाथोकीले जानकारी जानकारी दिए ।
उनका अनुसार जिल्ला भरि खोप अभियान दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा चैत्र २५ देखि ३० गते सम्म जिल्लाका भेरी नगरपालिका, छेडागाड नगरपालिका र बारेकोट गाँउपालिकामा अभियान सञ्चालन गरिने छ भने दोस्रो चरण चैत्र २७ गते देखि बैशाख ३ गते सम्म छेडागाड नगरपालिका, शिवालय गाँउपालिका,जुनिचाँदे गाँउपालिका र कुशे गाँउपालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ ।
कुन पालिकामा कति बालबालिकाले पाउँछन् खोप ?
जिल्लाभरी खोप लगाउनेमा छेडागाड नगरपालिकाको बालबालिकाको संख्या धेरै छ । विद्यालय भित्र रहेका १३ हजार ६ सय ९६ र विद्यालय भन्दा बाहिर रहेका ३ हजार २ सय ३९ जना गरि जम्मा १४ हजार ५ सय ९९ जना खोप लगाउने लक्षित संख्या छेडागाड नगरपालिकामा रहेका छन् ।
त्यस्तै विद्यालय भित्र १० हजार ६ सय ९३ र विद्यालय बाहिर २ हजार ७ सय ८५ जना गरि जम्मा १३ हजार ५ सय ३१ जना भेरी नगरपालिकामा, विद्यालय भित्र ९ हजार ७ सय ९० र विद्यालय बाहिर २ हजार २ सय ६१ जना गरि जम्मा १२ हजार ५१ जना नलगाड नगरपालिकामा र विद्यालय भित्र ९ हजार ५ सय ७० र विद्यालय बाहिर १ हजार ९ सय २४ जना गरि जम्मा ११ हजार ८ सय ४५ जना कुशे गाँउपालिकामा खोप लगाउने लक्षित संख्या रहेका छन् ।
त्यस्तै विद्यालय भित्र ८ हजार ५ सय ८५ जना र विद्यालय बाहिर २ हजार ५ सय १४ गरि जम्मा १० हजार ४५ जना जुनिचाँदे गाँउपालिकामा,विद्यालय भित्र ६ हजार ७ सय ४३ जना र विद्यालय बाहिर १ हजार ५ सय ८० जना गरि जम्मा ८ हजार ३ सय २३ जना बारेकोट गाउपालिकामा र जिद्यालय भित्र ४ हजार १ सय १ र विद्यालय बाहिर १ हजार ३ सय ३५ गरि जम्मा ५ हजार ५ सय ६४ जना खोप लगाउने लक्षित संख्या रहेका छन् ।
जिल्ला भरिका ४ सय २० खोप केन्द्रबाट जिल्ला भरिका करिब ७५ हजार ९ सय ५८ जना लक्षित समूहका बालबालिकाहरु खोप सेवा प्राप्त गने जिल्ला स्वास्थ्य सेवा कार्यालयका खोप फोकल पर्सन शान्तबहादुर बुढाथोकीले बताए । यस अभियानमा आ–आफ्नो बालबालिकालाई नजिकैको खोप केन्द्रमा लगेर नछुटाइ टाईफाइर्ड विरुद्धको खोप लगाउन जिल्ला खोप समन्वय समिति स्वास्थ्य सेवा कार्यालय जाजरकोटले अनुरोध समेत गरेको छ ।


















































। २१ चैत्र २०७८, सोमबार