
जाजरकोट । जिल्लाको नलगाड नगरपालिकाले पालिका भवन सहित १३ वटै वडाका प्रशासनिक भवन बनाउन सफल भएको छ । जनप्रतिनिधीहरुको पाँच बर्षे कार्यकालमा नगरपालिका भित्रका सबै वडा र पालिकाको प्रशासनिक भवन बनाउन सफल भएको हो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र बाट नगरप्रमुखमा टेकबहादुर रावल र उप प्रमुखमा बालकुमारी बस्नेत निर्वाचित भएका थिए ।
जिल्लाका अधिकांश स्थानीय तहको पालिका भवन नबन्दा करोडौं भाडा तिरेर सेवा प्रवाह गरिरहेका छन् । कतिपय स्थानीय तहमा केन्द्रको समेत टुंगो लागेको छैन् ।
तर नलगाड नगरपालिकाले पालिकाको भवन सहित १३ वटै वडाका प्रशासनिक भवन निर्माण गरी सेवा प्रवाह गरिरहेको छ । आफ्नो पाँच बर्षिय कार्यकालमा वडा सहित पालिकाको भवन बनाउन सफल भएको नगरप्रमुख टेकबहादुर रावलले बताए ।

उनले भने, ‘हाम्रो पाँच बर्षिय कार्यकालमा नगरपालिकाको प्रशासनिक भवन सहित १३ वटै वडा कार्यालयको भवन निर्माण गरिएको छ ।’ २ करोड १९ लाख लागतमा नगरको प्रशासनिक भवन निर्माण भएको छ । सोमबार पूर्व गृहमन्त्री एवं जाजरकोट बाट प्रतिनिधी सभा सदस्य शक्तिबहादुर बस्नेतले पालिकाको भवनको उद्धघाटन गरे ।
जिल्लाका सात वटै पालिका मध्ये नलगाड नगरपालिका अग्र स्थानमा देखिन्छ । भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, सञ्चार लगायतका क्षेत्रमा नगरपालिकाले उल्लेखनीय काम गरेको स्थानीय बताउँछन् । नगरपालिकाको समग्र विकासका लागि निर्वाचित जनप्रतिनिधीहरु अहोरात्र खटिने गरेका छन् ।
















































। २१ चैत्र २०७८, सोमबार