साहाराविहीन खत्रीलाई घर्तीको सहयोग

No description available.
जाजरकोट । प्रेस चौतारी नेपाल जाजरकोटका अध्यक्ष बिनोदकुमार घर्तीले एक साहाराविहीन महिलालाई आर्थिक सहयोग गरेका छन् । भेरी नगरपालिका २ रिसाङ्ग बस्दै आएकी ४५ बर्षिय सर्मिला खत्रीलाई सहयोग गरेका हुन् ।

रिसाङ्ग निवासी लेखबहादुर शाहीको घरमा बस्दै आएकी खत्रीलाई उनले नगद १ हजार सहित चोली, धोती, सवल, पटुका, पेटीकोट, चप्पल सहयोग गरेका छन् । रुकुम पश्चिमको मुसिकोट घर बताउने खत्री साहाराविहीन बनेकी छन् ।

सामाजिक कार्यमा सक्रिय घर्तीले आफ्नो अफिसियल टिकटक एकाउण्ट @babu reedam बाट सडकमा हिड्दै गर्दाको भिडियो खिचेर हालेका थिए । खत्रीको अभिनय प्रति लाखौ दर्शकले मन पराएका थिए । “तिमी त फेरीयौ निर्माया म त उस्तै छु”, “फुल फुलेर पहेलै भयो आदि जोवन हाँस खेल मै गयो गित गाएकी थिइन् ।

No description available.

सडकमा सहाराबिहीन अवस्थामा रहेकी खत्रीलाई केही टेवा पुगोस् भनेर आर्थिक सहित लगाउने वस्त्र सहयोग गरेको घर्तीले बताए । भेरी नगरपालिका ४ गैरीखालीमा रहेको रिदम प्रिन्ट अफसेट प्रेसका सञ्चालक समेत रहेका घर्ती सामाजिक कार्यमा निकै सकृय छन् ।

प्रेस चौतारी नेपालका अध्यक्ष तथा स्टार टिभी नेपालका संचालक समेत रहेका घर्तीले भने, ‘घुमफिर गर्दा र चिया खाँदा हजारौको खर्च हुन्छ, त्यो खर्चको मुल्याङ्कन हुदैन् त्यो खर्च गर्नु भन्दा एक साहाराविहिन आमालाई आफ्नै आमा सम्झेर शिर देखी पाउ सम्म पुग्ने गरी कपडा र नुन तेल सावुन किन्ने पैसा र कपडा सहयोग गरेको छु ।’

राहत पाएपछि साहाराविहीन महिला निकै खुशी भएकी छन् । यस सँग सम्बन्धीत भिडियो स्टार टिभी नेपाल बाट केही दिनपछि सार्वजनिक हुनेछ ।

तपाईको प्रतिक्रिया