
जाजरकोट । १८ कठ्ठा जमिनमा लगाईएको अवैध अफिम बोटहरु नष्ठ गरिएको छ । जिल्लाको नलगाड नगरपालिकाको घरंङगामा अन्दाजी १७÷१८ कठ्ठा जमिनमा लगाइएका अवैध अफिमका बोटहरु नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय दल्ली बाट प्रहरी सहायक निरिक्षक कर्णबहादुर बलामीको कमाण्डमा २ जना, ईप्रका रग्दा बाट प्रहरी हवल्दारको कमाण्डमा ४ जना र अस्थायी प्रहरी पोष्ट मैदे बाट २ जना गरी जम्मा ८ जनाको संयूक्त टोलीले अवैध अफिमका बोटहरु नष्ट गरेको जनाईएको छ ।
















































। १९ चैत्र २०७८, शनिबार