राष्ट्रिय भूमि आयोग जाजरकोटको अध्यक्षमा रावत नियुक्त


जाजरकोट । राष्ट्रिय भूमि आयोग जाजरकोटको अध्यक्षमा सर्पराज रावतलाई नियुक्त गरिएको छ । जुनीचाँदे गाउँपालिका १ निवासी रावतलाई विहीबार विहान बसेको मन्त्रिपरिषद्को वैठकले जिल्ला अध्यक्षमा नियूक्त गरेको हो ।
यस्तै उक्त वैठकले राष्ट्रिय भूमि आयोग जाजरकोट जिल्ला समिति विज्ञ सदस्यमा वीरबहादुर बस्नेतलाई नियूक्त गरेको छ भने महिला सदस्यमा चन्द्रा अधिकारीलाई नियूक्त गरेको छ ।

यस्तै, सरकारले थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्त गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षलाई काठमाडौंमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

पुस २१ मा बसेको मन्त्रिपरिषद् बैठकले २८ जिल्लाका अध्यक्ष नियुक्त गर्ने निर्णय गरको थियो । तर, उनीहरुलाई नियुक्त गरेको सूचना ढिलो गरेर राजपत्रमा प्रकाशित गरिएको थियो । अझै ६ जिल्ला समितिको अध्यक्ष नियुक्त गर्न भने बाँकी नै छ ।

तपाईको प्रतिक्रिया