भेरी नगरपालिका भित्रका किसानलाई कृषि सामग्री

No description available.
खलंगा । जिल्लाको भेरी नगरपालिका भित्रका किसानलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ । विहीबार एक कार्यक्रमको आयोजना गरी नगरपालिका भित्रका १३ वटै वडाका नमुना कृषकहरुलाई कृषि सामग्री वितरण गरिएको कृषि शाखा प्रमुख यज्ञ अधिकारीले जानकारी दिए ।

No description available.

उनका अनुसार, थोपा सिंचाई सेट, तरकारीको बिउ, स्प्रे ट्याङ्की, हजारी,सिल्पाेलिन प्लास्टिक,थाेपा सिँचाइ सेट ड्रम वितरण गरिएको छ ।  गाउँ मोर्डल फार्म कार्यक्रम अन्तर्गत प्रत्येक वडाको एक जना कृषकलाई करेसाबारी प्रवर्द्धन गरी खाद्य तथा पोषण सुरक्षामा टेवा पु¥याउने हेतुले नगर कृषि शाखा मार्फत वडाको सिफारिसमा छनौट भएका कृषकहरुलाई सामाग्री वितरण गरिएको अधिकारीको भनाई छ ।
भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले आफू नगरभित्रका किसानको साथमा रहेको बताए । उनले भने, ‘म लगायत मेरो टीम नगरभित्रका किसानको साथमा छ, सबैभन्दा बढी सम्मान गर्ने पेशा भनेको कृषि हो ।’ सत्तामा रहे पनि नरहे पनि निरन्तर किसानको साथमा रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

No description available.

तपाईको प्रतिक्रिया