आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा भएसँगै विभिन्न पार्टीभित्र क–कसलाई उम्मेदवार बनाउने भन्ने रस्साकस्सी चलिरहेको छ । विभिन्न दलहरुका नेता कार्यकर्ताले उम्मेदवारी आकांक्षी देखाई रहेका छन् । यसै विच नेकपा (एमाले) शिवालय गाउँ कमिटीका अध्यक्ष रंगनाथ योगीले अध्यक्षमा उम्मेदवारी रहने बताएका छन् । हाम्रो पहुँच डटकम संग कुराकानी गर्दै योगीले शिवालय गाउँपालिका बासीको समृद्धिका लागि आफ्नो उम्मेदवारी रहने बताएका हुन् ।
उनले भने, ‘२०५६ साल देखि राजनीतिकमा सक्रिय रुपमा लागि रहेको छु, जनताको विश्वास र शिवालय वासीको समृद्धिका लागि आउँदो निर्वाचनमा मैले उम्मेदवारी दिने तयारी गरिरहेको छु ।’
राजनीतिक यात्रा
— २०५६ साल देखि अखिल नेपाल क्रान्तिकारी ईलाका कमिटीको सचिव
— २०५८ साला चैतमा क्रन्तिकारी तथा विद्यार्थी राजनीतिकमा भएको आरोपमा तत्कालीन शाही सेनाद्धारा प्रक्राउ भई १४ महिना जेल जीवन विताएको २०६० बैशाखमा जेल मुक्त भएर पुन अध्ययनलाई निरन्तरता दिएको
— तत्कालिन नेकपा (माओवादी) केन्द्र र मेरा विचमा केही राजनीतिक मतभेत हुँदा नेकपा (एमाले) मा समाहित भएको
— २०६२÷०६३ मा भएको विस्तृत शान्ति सम्झौता पछि नेकपा (एमाले) को ईलाका कमिटीको सचिवको जिम्मेवारी लिई १० बर्षीय जनओन्दोलनले भत्किएको संगठनलाई पुनः विस्तार गरेको,
— २०६४ को पहिलो संविधान सभाको निर्वाचनमा पार्टीको उम्मेदवारलाई आफ्नो क्षेत्रबाट भारी मतका दिलाउन महत्वपुर्ण भुमिका निर्वाह गरेको,
— २०६६ सालमा नेकपा (एमाले) जिल्ला कमिटीको सदस्यमा मनोनित भई जिम्मेवारी निर्वाह गरेको,
— पार्टीको चौथौं अधिवेशनबाट जिल्ला कमिटी जाजरकोटको सदस्यमा पुनः निर्वाचित भई साविकको जुंगाथापाचौर गाविसको ईन्चार्जका रुपमा जिम्मेवारी निर्वाह गरेको,
— २०७० सालमा भएको दोस्रो संविधान सभाको चुनावमा पार्टीको लागि महत्त्वपुर्ण भूमिकका खेलेको,
— २०७३ सालमा शिवालय गाउँ कमिटीको संगठनको संयोजक भएर जिम्मेवारी निर्वाह गरेको,
— २०७४ बैशाख ३१ भएको स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट शिवालय गाउँपालिकाको अध्यक्षको उम्मेदवारको दावी गरेको, पार्टीको आन्तरिक बहस अनुसार आफुले समर्थन जनाई निर्वाचनमा सक्रिय रुपमा लागि पार्टीलाई जिताउन महत्वपुर्ण भुमिका खेलेको,्
— नेकपा (माओवादी) केन्द्र र नेकपा (एमाले) विच एकिकृत भएको वेला शिवालय गाउँ कमिटीको अध्यक्षको जिम्मेवारी निर्वाह गरेको,
— नेकपा विभाजन भई पुरानै स्थितीमा फर्कदाँ पुुनः शिवालय गाउँ कमिटीको अध्यक्षको जिम्मेवारी निर्वाह गरेको,
— संघीयता पछिको प्रथम गाउँ कमिटीका अधिवेशनबाट पुनः शिवालय गाउँ कमिटीको अध्यक्षको जिम्मेवारी सामाहाली रहेको,
अध्यक्षमा निर्वाचित भएपछि के गर्ने ?
— शिक्षा, स्वास्थ्य, कृषि, लगायतका क्षेत्रमा आमुल परिवर्तन गरिने,
— वृद्धावृद्धि,महिला, दलित, पीछडिएका वर्गहरुलाई पहिलो प्राथमिकता दिईने,
— शिवालय गाउँपालिकालाई यो देश कै नमुना गाउँपालिका रुपमा प्रस्तुत गर्ने,
— गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि सरकारद्धारा पाईने सरकारी सेवा सुविधाहरु जनताका लागि खर्च गरिने,
















































। १३ चैत्र २०७८, आईतवार