यी दुई वडाध्यक्षले गरे विपन्न विद्यार्थीलाई छात्रवृत्तिको घोषणा

जाजरकोट । जिल्लाको कुशे गाउँपालिकाका दुई वडाध्यक्षले विपन्न दुई विद्यार्थीलाई माद्यामिक तह सम्मको छात्रवृत्ति दिने घोषणा गरेका छन् ।

गाउँपालिकाको वडा नं ९ की वडाध्यक्ष देबिका कुमारी सिंह र वडा नं १ का वडाध्यक्ष गोपालबहादुर नेपालीले विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेका हुन् ।

शनिबार कुशे गाउँपालिका वडा नं १ मा आयोजित बालमैत्री वडा घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष सिंह र नेपालीले पल्स टु सम्मको सम्पूर्ण पढाई खर्च ब्यहोर्ने प्रतिबद्धता गरेका हुन् ।

क्रमश सिंहले एक जेहेन्दार विद्यार्थी नवराज भट्टराई र नेपालीले श्री तपोधेनु माद्यामिक विद्यार्थी काफलपाटामा कक्षा १० मा अध्ययनरत्त छात्रा चन्डिका जैसीलाई माद्यामिक तह सम्को छात्रवृत्ति दिने निर्णय गरेका हुन् ।

विपन्न विद्यार्थीहरुले शिक्षा बाट बञ्चित भई आफ्नो भविष्य अन्धकारमा नपरोस् भन्ने हेतुले छात्रवृत्ति दिने घोषणा गरेको वडाध्यक्ष गोपालबहादुर नेपालीले बताए ।

तपाईको प्रतिक्रिया