
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हतियार सहयोगका लागि पश्चिमा देशहरुलाई फेरि पनि आग्रह गरेका छन् ।
उनले लडाकु विमान, ट्यांक तथा मिसाइल डिफेन्स सिस्टम माग गरेका छन्। गएराति एक भिडियो सन्देशमा जेलेन्स्कीले युरोपको सुरक्षाका लागि बनाइएका हतियार गोदाममा धुलो खाएर बसेको बताएका छन् ।
उनले मेसिन गनले रुसी लडाकु विमान खसाल्न नसकिने भन्दै डिफेन्स सिस्टम माग गरे। उनले भने, ‘हाम्रा सहयोगीसँग हतियार छन् र ती गोदाममा थन्किएका छन्।’ उनले नेटोका एक प्रतिशत लडाकु विमान र एक प्रतिशत ट्यांक युक्रेनलाई चाहिएको बताए । उनले नेटो सदस्यहरुलाई रुसको धम्कीले डराएको हो कि भन्ने प्रश्न गरे। उनले रुसले युक्रेन कब्जा गरे युरोपका अन्य देशमा पनि आक्रमण गर्न थाल्ने बताएका छन् ।
यसैबीच रुसले गएराति युक्रेनको लविव सहरमा ठूला आक्रमण गरेको छ । सहरका आवसीय भवनहरुमाथि रुसले रकेट आक्रमण गरेको हो । साथै रुसी सेनाले त्यहाँका पेट्रोल भण्डारमा पनि आक्रमण गरेको लविवका अधिकारीले जनाएका छन् ।
















































। १३ चैत्र २०७८, आईतवार