
जाजरकोट । नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामति जाजरकोटको अध्यक्षमा नारायण खत्री चयन भएका छन् । संगठनको चौथो जिल्ला अधिवेशन बाट खत्रीलाई सर्वसहमत अध्यक्षको जिम्मेवारी दिईएको हो ।
जसअन्र्गत उपाध्यक्षमा जयबहादुर थापा, रामबहादुर थापा, सचिवमा सिताराम खड्का, कोषाध्यक्षमा विष्णुकली रोकायलाई चयन गरिएको छ ।
यस्तै सदस्यहरुमा बिष्णु प्रसाद शर्मा, बिरेन्द्र बहादुर थापा, सुप्रभा घर्ती, राजन बटाला सहित २५ सदस्सीय जिल्ला कमिटी निर्माण गरिएको छ ।
केन्द्रिय प्रतिनिधिमा दलविर पुन, शारदा शर्मा, जनकबहादुर शाह छनौट भएका छन् ।

















































। १३ चैत्र २०७८, आईतवार