विद्यालय र विद्यार्थीमाथी राजनीतिक किन ?

फाईल फोटो

भुपेन्द्र नेपाली
खलंगा । इतिहासलाई फर्केर हेर्दा पनि नेपाली राजनीतिकको सुरुवात विद्यालय र विद्यार्थीबाट नै भएको पाईन्छ । सत्यको समर्थन गर्न अन्याय र अत्यचारको विरोध गर्न विद्यालयले विद्यार्थीलाई सिकाएको हुन्छ । विद्यालय र विद्यार्थी नभए सम्म राजनीतिक सफल बन्न सक्दैन् ।

विद्यालय र विद्यार्थी राजनीतिज्ञ हुनु सकारात्मक पक्ष हो । तर कुनै पनि राजनीतिक दलका नेता कार्यकर्ताहरुले आफ्नो निजी स्वार्थका लागि विद्यालय र विद्यार्थीको भविष्य माथी राजनीतिक गर्नु कदावी सकारात्मक पक्ष हुनसक्दैन ।

पछिल्लो केही समय यता जाजरकोट जिल्लामा विद्यालय र विद्यार्थीको दुरुपयोग भएको पाईन्छ । यसको फाईदा केही राजनीतिक दलहरुले असुली रहेका छन् । यथार्त राजनीतिक दलका नेता कार्यकर्ताहरुले आफ्नो निजी स्वार्थका लागि विद्यार्थीको भविष्य माथी राजनीतिक गरिरहेका छन् ।

जिल्ला भित्रका विद्यालयहरुको अबस्थालाई हेर्ने हो भने निजी क्षेत्रका विद्यालयहरु भन्दा पनि सामुदायिक विद्यालयहरुमा बढि राजनीतिक चहलखेल भएको पाईन्छ । कतिपय विद्यालयहरुमा विद्यार्थीलाई बस्नको लागि भवन छैनन्, पढाउनका लागि शिक्षक छैनन् कतै शिक्षक भएर पनि राजनीतिक दम्बका कारण विद्यार्थीलाई पढाउँदैनन् । सामुदायिक विद्यालयहरुमा यस्तो हुनको कारण विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिती लगायत शिक्षकहरु गैरजिम्मेवारी हुनु रहेको बारेकोट गाउँपालिकाका एक स्थानीयले बताए ।

उनले भने, ‘यहाँका विद्यालयहरुमा यस्तै थुप्रै खालका अनैतिक कामहरु भईरहेका छन्, तर स्थानीय सरकार र सरोकारवाला निकायहरुले यस्ता कामहरु रोक्नका लागि कुनै ठोस कदम उठाएका छैनन् ।’ हजारौं विद्यार्थीको भविष्य जोडिएको शिक्षा क्षेत्रलाई सुधार गर्न नसक्नु नै स्थानीय सरकारको कम्जोरी हो ।

कुनै पनि राजनीतिक दलहरुलाई विद्यार्थीको भविष्यमाथी खेलवाड गर्ने अधिकार छैन् । विद्यालय र विद्यार्थीलाई सधैं स्वतन्त्र रुपमा रहन दिनुपर्छ ।

सामुदायिक विद्यालयहरुलाई सुधार गरि शिक्षा क्षेत्रमा केही परिवर्तन गर्नका लागि हामीले थुप्रै प्रयासहरु गरियौं, कति पटक शिक्षकको तलव सम्म रोकुवा गरियौं तर यहाँका केही राजनीतिक दलहरुका कारण त्यस्ता केही गैरजिम्मेवारी शिक्षकहरुलाई कारवाही गर्न नसकेको बारेकोट गाउँपालिकाका शिक्षा शाखा अधिकृत रामबहादुर मल्लले बताए ।

उनले भने, यहाँ एक दुईजनाले आवाज उठाएर केही हुनेवाला छैन् यहाँको शिक्षा प्राणलीको विकास गर्नका लागि, शिक्षक, विद्यार्थी, अभिभावक विद्यालय व्यवस्थापन समिती, जनप्रतिनीधी, राजनीतिक दल लगायत सबैको एक ढिक्का भएर लाग्नुपर्ने छ, त्यसपछि यहाँको शिक्षा प्रणालीको विकास हुन सक्छ ।’

तपाईको प्रतिक्रिया