
जाजरकोट । जडीवुटी विकास तथा प्रवद्र्धनका लागि डिभिजन वन कार्यालय जाजरकोटले चालू आर्थिक वर्ष २०७८÷८९ मा ३० वटा समुह,सहकारी र निजी फर्महरुलाई अनुदान प्रदान गर्ने भएको छ ।
आ.व. २०७८÷०७९ को नियमित कार्यक्रम अन्तर्गत अनुदान प्रदान गरिने डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख बसन्त बावु श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार उक्त कार्यक्रमको लागि १ करोड ३० लाख बजेट विनियोजन गरिएको छ । छनौट भएका प्रत्येक समुह÷ सहकारी÷ निजी फर्मलाई अधिकतम ५ लाख सम्म आर्थिक अनुदान गरिने प्रमुख श्रेष्ठको भनाई छ ।
यस कार्यक्रमबाट जडीबुटी उत्पादन र यसको मुल्य शृखंलामा वृद्धि भई स्थानीय अर्थतन्त्रमा टेवा पुर्याउने अपेक्षा डिभिजन वन कार्यालय जाजरकोटले राखेको प्रमुख श्रेष्ठले बताए ।

















































। १० चैत्र २०७८, बिहीबार