दलित विद्यार्थीको सहारा छात्रवृत्ति


जाजरकोट । जिल्लाका गरिव तथा दलित विद्यार्थीको सहारा बनेको छ एक संस्थाको छात्रवृत्ति कार्यक्रम । राष्ट्रिय दलित समाज कल्याण संघ र सेभ द. चिल्ड्रेनको सहयोगमा सञ्चालित छात्रवृत्ति कार्यक्रम यहाँका दलित तथा गरिव विद्यार्थीको सहारा बनेको हो ।

घरको आर्थिक अवस्था कमजोर भएरै पढाई गर्न नसेकेका दलित बालबालिकाको सहारा बनेको अभिभावहरु बताउँछन् । सन् २०१३ देखि यस जिल्लामा सञ्चालित छात्रवृत्ति कार्यक्रमले यहाँका धेरै दलित विद्यार्थीको भविष्य बदलिएको छ । संस्थाको तथ्यांक अनुसार, २१ जना दलित बालबालिकाले एस.एल.सी पास, २४ जनाले एस.ई.ई., २२ जनाले बाह्र कक्षा पास गरेका छन् भने ५ जनाले वि.ए. समेत पास गरेका छन् । उक्त संस्थाको छात्रवृत्ति कार्यक्रमको सहयोगले भेरी नगरपालिका ४ रानागाउँकी तारा सुनारले सरकारी सेवामा प्रवेश गरी अहिले कृषि विकास वैंक जाजरकोटमा कार्यरत छन् ।

लोकेन्द्र वादीले डिप्लोमा सिभिल इन्जिनियर, सरिता बादीले भेटनरी जेटिए, कल्पना नेपालीले ए.एन.एम र कालिका चदाराले असिस्टेन्ट पास गर्न सफल भएको छात्रवृत्रि कार्यक्रमका जिल्ला संयोजक सुरेश नेपालीले जानकारी दिए ।

प्राविधिक विषय पढेका सबै अहिले रोजगारीमा जोडिएको समेत बताए । जाजरकोट जस्तो दुर्गम जिल्लामा छात्रवृत्ति कार्यक्रमले गरेको काम ससहनीय रहेको दलित अधिकारकर्मी लालबहादुर नेपालीले बताए । उनले भने, ‘मेरो पालामा यस्तो छात्रवृत्ति भएको भए, मैले पनि धेरै पढ्ने थिए, तर घरको आर्थिक अभावले उच्च शिक्षा हाँसिल गर्न सकिन ।’

‘छात्रवृत्ति कार्यक्रमले धेरैको जीवनमा खुशी छरेकोले म धेरै खुशी छु, यस्ता कार्यक्रम दलित गरीव र पीडित परिवारले पाउन’ उनले थपे । जिल्लाका विभिन्न स्थानीय तहका गरिव, जेहेन्दार दलित बालबालिकालाई आगामी दिनमा पनि सञ्चालन गरी उनीहरुलाई सहयोग गर्ने राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोटका उपाध्यक्ष रति नेपालीले बताईन् ।

यस्तै, शैक्षिक सत्र २०७८÷०७९ को १ सय जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । आर्थिक एवम् शैक्षिक अवस्था कमजोर भएका विद्यार्थीलाई १५ सयका दरले छात्रवृत्रि प्रदान गरिएको हो । १० जना विद्यार्थीलाई उत्कृष्ट पुरुस्कार समेत वितरण गरिएको छ ।

जसमा तह गत रुपमा मासिक चार सय देखि २ हजार ५ सय सम्मे छात्रवृत्तिको रकम रहेको छ । यहाँका सात वटै पालिकाका दलित तथा पिछडिएका बालबालिकाको शैक्षिक सुधारमा टेवा पु¥याउन यस्ता कार्यक्रमको सञ्चालन गर्नु आजको आवश्यकता हो ।

तपाईको प्रतिक्रिया