छेडागाड । नेकपा (माओवादी केन्द्र) छेडागाड नगर कमिटीको अध्यक्षमा प्रेमबहादुर खत्रीलाई चयन गरिएको छ । शनिवार बसेको नगर कमिटीको वैठकले खत्रीलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
पूर्व नगर कमिटी अध्यक्ष चन्द्रबहादुर थापा ( अपिल) जिल्ला समन्वय समिति जाजरकोटको सचिव भएपछि खत्रीलाई अध्यक्षको जिम्मेवारी दिईएको हो ।
यस्तै, नगर कमिटीको सचिवमा धनबहादुर थापालाई जिम्मेवारी दिईएको माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य धर्मशिला बस्नेतले जानकारी दिईन् ।
















































। ६ चैत्र २०७८, आईतवार