नलगाडको रंगपालामा पहिलोपटक गाडी, स्थानीय हर्षित

No description available.
जाजरकोट । जिल्लाको नलगाड नगरपालिका वडा नं ३ को रंगपालामा पहिलो पटक गाडी पुग्दा स्थानीय हर्षित बनेका छन् । वडाको विकट वस्तीका रुपमा रहेको रंगपालामा गाडी पुग्दा स्थानीय निकै हर्षित बनेका हुन् ।

नगरप्रमुख टेकबहादुर रावलले शनिवार सडकको उद्धघाटन गरेका थिए । विकट वस्तीमा गाडी पु¥याएको भन्दै स्थानीयले नगरप्रमुख रावललाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

स्थानीय टिकाराम पुनले भने, ‘हामीले कल्पना समेत गरेका थिएनौं, हाम्रो वस्तीमा गाडी पुग्छ भनेर, हामी निकै हर्षित छौं ।’ गाडी पु¥याउनका लागि निकै ठूलो भुमिका खेल्ने नगरप्रमुखलाई धन्यवाद समेत व्यक्त गरे । अर्काे स्थानीय अमर पुनले वस्तीमा गाडी पुग्दा खुशीको सिमा नै नरहेको भनाई राखे ।

No description available.

उनले भने, ‘यसरी हाम्रो वस्तीमा गाडी पुग्ला भन्ने सोचेका थिएनौं, आज गाडी पुगेर छाड्यो, हामी एकदमै खुशी छौं ।’ घण्टौ हिडेर बजार सम्म पुग्ने स्थानीय अव केही मिनेटमा पुग्ने भएपछि निकै खुशी भएका छन् ।

No description available.

आफ्नो कार्यकालमा नगरभित्रका प्रत्येक वडाका वस्तीमा सडक पुर्याउने लक्ष्यका साथ उक्त वस्तीमा सडक पुगेको नगरप्रमुख रावलले बताए । नलगाडका अधिकांश विकट वस्तीहरु सडक सञ्जालमा जोडिएका छन् । गाडी उद्धघाटन गर्न रंगपालामा पुगेका नगरप्रमुखलाई स्थानीयले फुलमाला सहित सम्मान गरेका थिए ।

No description available.

तपाईको प्रतिक्रिया