गणेश अनुपमका तीन उत्कृष्ठ मुक्तक

मुक्तक
न त ? तिम्रो जस्तो हाली मुहाली चलाईन्छ
बरु एकहल गोरु ,हलो र जुहाली चलाईन्छ
काम गर्नै नदिने, गरे खुट्टा तान्ने गाउँमा बस्छु,
के गर्नु घैंटी,कुटो,अनि कोदाली चलाईन्छ ।
मुक्तक
अब तिमी र म जुटेर घर चलाउँला
दुबै जना बिहान उठेर घर चलाउँला
म यही कबुलले बन्धनमा बाँधिएको हुँ
बरु बालुवा गिट्टी कुटेर घर चलाउँला ।

मुक्तक
विन्ती चढाउंदै कसैलाई गरेर ढोग गाह्रो भाको छ
सजिलै पुर्याउँला भनेर सबै थोक गाह्रो भाको छ
चुनौतिका पहाडहरुले कुल्चेर उत्तानो परेको छु
देखेकै त छौ नि प्रीया मेरो बिजोग गाह्रो भाको छ

तपाईको प्रतिक्रिया