
जाजरकोट । प्रहरी समुदाय कार्यक्रम अन्र्तगत भएको ब्याडमिन्टन प्रतियोगिताको प्रथम स्थान जनक भडेल र प्रहरी निरीक्षक खुमानन्द पाण्डेको टीमले हासिल गरेको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटको आयोजनामा भएको प्रहरी र समुदाय कार्यक्रम अन्र्तगत भएको खेलमा भडेल र पाण्डेको टीमले प्रथम स्थान हासिल गरेको हो ।
यस्तै दृतिय स्थान महेन्द्र कुमार भडेल र प्रहरी जवान डिलबहादुर चन्दको टीमले प्राप्त गरेको छ भने, तृतिय स्थान प्रहरी नायव उपरिक्षेक मधुकुमार थापा र प्रहरी जवान नन्दलाल विकको टीमले जितेको छ । अर्काे तृतिय स्थान प्रहरी जवान लोकबहादुर विक र प्रहरी जवान डण्डविर बुढाथोकीको टीमले प्राप्त गरेको छ ।
विजेता टीमलाई मेडल र प्रमाण पत्र वितरण गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी जवान शेरजंग चन्दले जानकारी दिए ।
मेलमिलाप सहअस्तित्व र पारस्पारिक भुमिका बाट मात्रै राष्ट्रसेवक कर्मचारी र नागरिकले सामाजिक हितका लागि कार्य गर्न सक्ने भएकोले यस किसिमको रचनात्मक र स्वस्थ मनोरञ्जनको लागि समुदाय र प्रहरी वीच मैत्रीपुर्ण ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मधु कुमार थापाले बताए । खेलमा २१ वटा टिमको सहभागीता रहेको थियो ।
















































। ४ चैत्र २०७८, शुक्रबार